अर्थ-वाणिज्य

जिसस कपिलवस्तुको छैठौं जिल्ला सभा : तराईको कर्णालीको पहिचान बदल्ने दृढता



पार्वती पाण्डे
कपिलबस्तु १८ , पुस । जिल्ला समन्वय समिती कपिलवस्तुको छैठौ जिल्ला सभाले कपिलवस्तु लाई तराईको कर्णालीको पहिचान बदल्ने दृढता व्यक्त गरेको छ । जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले पानसमा दिप बालेर सभाको उद्घाटन गर्नु भएको हो ।
उहाँले समग्र जिल्लाको बिकासको लागि सबै पालिका लाग्नु पर्ने बताउनु भयो । कर्णाली प्रदेश भन्दा पनि बाल विवाह र बिभिन्न हिंसामा अगाडी भएको भन्दै उनले त्यसको न्युनीकरणका लागि साझा प्रयास आवश्यक रहेको बताउनु भयो । उहाले बाल बिवाह र लैगिंक हिन्सा अन्त्यका लागि रणनीति कार्ययोजना बनाउनु पर्ने औल्याउँदै लैंगिक हिंसा पिडित असहाय, असक्त तथा अनाथका लागि संचालित आश्रय गृहको सहयोगलाई सहयो गर्न पालिकाहरुलाई आग्रह गर्नु भयो ।
सभामा युवा नीती, जिल्ला स्तरिय बिभिन्न खेलकुदहरु, स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु जिल्लामा लागू भएको बहुउद्देश्यीय पोषण कार्यक्रम प्रभावकारी बनाउने योजना प्रस्तुत भएको थियो । यस्तै जिल्लाको साझा रुपमा रहेको छाडाचौपाया स्थायीरुपले दिगो व्यवस्थापन बालमैत्री जिल्ला घोषणा, लैगिंक हिंसा अन्त्य र युवा बिकास सम्बन्धि नीती तथा कार्यक्रम संचालन गर्ने उहाले बताउनु भयो ।
वातावरण मैत्री जिल्ला बनाउन प्लाष्टिकलाई निरुत्साहित गर्ने, पूर्ण सरसफाई मुक्त जिल्ला बनाउन पहलकदमी गर्नु पर्ने १सेवा प्रवाहमा एक रुपता ल्याउन स्थानियतहका प्रमुखहरुसंग नियमित बैठक गर्ने लगाएतका १७ बुँदे नितीहरु प्रस्तुत गरिएको थियो ।
त्यसैगरी सभामा जिल्ला समन्वय अधिकारी भूमिराम पोखरेलले जिल्ला समन्वय समिती कपिलवस्तुको गत बर्षको आयव्यय र आर्थिक वर्ष ०८०र०८१ को अनुमानित बजेट, अनुमानित आम्दानी विवरण र अनुमानित आम्दानी तथा खर्च विवरण तथा कार्यक्रम प्रस्तुतगर्नु भयो ।
जिल्ला समन्वय समितीका पूर्व प्रमुख नारायण प्रसाद खनालले जनताले के पायो भन्ने बिषयमा प्रष्ट बोल्न नसक्नु दुखको कुरा भएको बताउनु भयो । छाडाचौपाया व्यवस्थापन गर्न तीन तीन वटा पालिकाहरु मिलेर सक्रिय रुपमा लाग्न उनले आग्रह गर्नु भयो ।
कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सभामा प्रस्तुत भएका नीती तथा कार्यक्रमहरु जिल्लाको बिभिन्न समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने योजना सहि रहेको बताउनु भयो । जिल्लामा समस्याको रुपमा रहेको छाडाचौपाया व्यवस्थापनका लागि बनहरुसंग समन्वय भैरहेको बताउँदै छाडाचौपाया व्यवस्थापनका लागि मन्त्रालय, डिभिजन बन कार्यालय लगाएतका कार्यालयहरुमा ज्ञापन पत्र बुझाई सकिएको बताउनु भयो ।
बाणगंगा नगरपालिकाले छाडाचौपाया नियन्त्रण गर्न बिभिन्न योजना बनाएर नगरका बिभिन्न स्थानहरुमा कान्जी हाउस निर्माण गरी छाडारुपमा देखिएका चौपायालाई व्यवस्थापन गरिरहेको नगर प्रमुख चक्रपाणी अर्यालले स्पस्ट पानु भयो । जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यको अध्यक्षता सुरेन्द्र प्रसाद बेल्वासेको संचालनमा भएको कार्यक्रमा समन्वयका उप प्रमुख रमेश कुर्मी लगायतको बिभिन्न सुझावहरु दिएका थिए । जिल्लाका दश स्थानियतहका प्रमुख, उप प्रमुखहरुको सहभागितामा सभा सम्पन्न गरिएको हो ।

प्रकाशित : १९ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६