खोज–अनुसन्धान

मृत्यु भएकाको नाममा वृद्धभत्ता खाएको आरोप लागेका ५ सचीवलाई बिशेष अदालतको सफाइ



बुटवल १९ पुस ।तत्कालीन ५ जना गाविस सचिवले सफाई पाएका छन् ।विशेष अदालतले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्ध भत्ता खाएको आरोप लागेका उदयपुरको रामपुर ठोक्सिलाका तत्कालीन गाविस सचिवहरूलाई सफाई दिएको हो ।विशेष अदालतले बुधबार उनीहरूलाई सफाइ हुने फैसला सुनाएको हो । अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले तत्कालीन गाविस सचिवहरू केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देललाई आरोपबाट सफाइ दिएको हो ।

आचार्यविरुद्ध ९ लाख ९० हजार ५ सय, कार्कीविरुद्ध ७८ हजार, सुन्दासविरुद्ध ७२ हजार, खतिवडाविरुद्ध ३ लाख १४ हजार र सिग्देलविरुद्ध एक लाख ७६ हजार बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ असोज १२ गते विशेष अदालतमा अभियोग पत्र दायर गरेको थियो ।

प्रकाशित : १९ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६