प्रदेश

एमालेः राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीबाट ६ जनाको सिफारिस



कपिलवस्तु, २० पौष । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

प्रदेश कमिटीको बैठकले पाल्पाका झपेन्द्र जिसी कपिलवस्तुका सफर अलि मियाँ ,कृष्ण कुमारी गुरुङ बर्दिया, एकमाया विक बाँके,तुलसी के सी बाँके र शारदा शर्मा कपिलवस्तुलाई सिफारिस गरेको हो ।

प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले ६ जना समावेशी नबाएर आफूहरूले सिफारिस गरेको बताउँदै त्यसमध्ये बाट २ जनालाई केन्द्रीय कमिटीले टिकट दिने बताए। अन्य दलहरूले प्रदेशबाट सिफारिस यसअघि नै गरे पनि एमालेले अन्तिम समयमा गरेको हो ।

लुम्बिनी प्रदेशमा दुई सिटको लागि निर्वाचन हुँदै छ । काँग्रेसकी अनिता देवकोटा र एमालेका कुमार दशौदीको समय अवधि सकिँदै छ । निर्वाचन अन्तर्गत पुस २३ गते मनोनयनको तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित : २० पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६