खोज–अनुसन्धान

राष्ट्रियसभा निर्वाचनमा एमाले लुम्बिनीबाट ६ नाम सिफारिस : कपिलवस्तुका मिया र शर्माको नाम समाबेश



कपिलवस्तु २० पुस । । नेकपा एमाले प्रदेश कमिटीले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि लुम्बिनी प्रदेशबाट ६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेर पठाएको छ। एमाले लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठकले ३ महिला र ३ पुरुष गरी ६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।कँडेलका अनुसार पाल्पाका झपेन्द्र जीसी, कपिलवस्तुका सफर अलि मिया र शारदा शर्मा, बर्दियाकी कृष्णकुमारी गुरुङ, दाङकी तुलसा केसी र बाँकेकी एकमाया विश्वकर्मा सिफारिसमा परेका हुन् ।लुम्बिनी प्रदेशबाट २ सीटमा निर्वाचन हुँदैछ । नेकपा एमालेका कुमार दशौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको पदावधि सकिन लागेको छ ।
एमाले १ सीट फिर्ता लिने दाउमा छ भने सत्ता गठबन्धन एमालेबाट समेत खोस्ने रणनीतिमा छ । यहाँ एमालेसँग २ हजार ९८० मत छ भने नेपाली कांग्रेससँग ३ हजार १७९ र नेकपा माओवादी केन्द्रसँग १ हजार ३४३ मत छ । जसपासँग २७३, राप्रपासँग २६९, नेकपा एससँग ५३ र स्वतन्त्रसँग ५३ मत रहेको छ ।

प्रकाशित : २० पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६