प्रदेश

काम नगर्ने सहकारी खारेज गरिएको छः वडाध्यक्ष पौडेल



कपिलवस्तु, २१ पौष । बाणगङ्गा नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बाणगङ्गाका सहकारीहरु पहिला समस्यामा परे पनि अहिले सङ्कटमा नरहेको बताउनुभएको छ । दर्ता मात्र भएर काम नगरेका सहकारीलाई अनुगमन र खारेज गरेको उहाँले बताउनुभयो ।

शनिवार मिर्मिरे महिला बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सहकारीले शेयर सदस्यहरूको बचतलाई उचित तरिकाले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

फरक प्रसङ्गमा बोल्दै नगर प्रवक्ता समेत रहनुभएका पौडेलले जिल्लाकै प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थापनमा नगर सक्रिय रुपमा लागिरहेको बताउनुभयो । नगरका विभिन्न ७ ठाउँमा गरेर ६ सय पशुचौपायाको अल्पकालिक व्यवस्थापन गरेको भन्दै अब दीर्घकालिक व्यवस्थापनको लागि काम सुरु गरेको उहाँले बताउनुभयो ।

त्यस्तै सहकारीकी अध्यक्ष शान्ता पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दबिएर रहेका महिलाहरूको आर्थिक अवस्था सुधार गर्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । २०६२ सालमा स्थापना भएको सहकारीले ठुलो उतारचढाव खेप्दै अहिले ५६४ जना महिला शेयर सदस्यको रकम जम्मा गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष बालकुमारी पन्त, सहकारीका सल्लाहकार कमल पौडेल, राम शुभाग्गे थारू लगायतले सहकारीले उत्पादनमूलक क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कोषाध्यक्ष मधु रेग्मीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले २०७९/ ८० मा कुल ५ लाख ८२ हजार ७२७ रुपैयाँ १६ पैसा आम्दानी गरेको बताउनुभयो । त्यस्तै सहकारीकी सचिव गङ्गा भट्टराईले सचिवको प्रतिवेदन, व्यवस्थापक सरस्वती रानाले लेखा परिक्षण प्रतिवेदन, र लेखा समिति सदस्य सविता पोख्रेलले आन्तरिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सहकारीका पदाधिकारी, कर्मचारी, शेयर सदस्य लगायतको उपस्थिति रहेको कार्यक्रममा ३ जना ज्येष्ठ नागरिक र दुई जना कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित : २१ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६