खोज–अनुसन्धान

पहाड खाली हुदै जादा हात्तीको बसाई सराइ : हुलका हुल पहाड चढ्दा स्थानीय त्रसित



विराटनगर २३ पुस। पूर्वी तराईका मोरङ, सुनसरी र झापाका फाँटमा दुई महिनादेखि बिज्याइँ गर्दै आएका दुई दर्जन बढी जंगली हात्ती चुरे पहाडतर्फ उक्लिन थालेका छन् ।मोरङको मिक्लाजुङ–२ र इलामको सीमाक्षेत्र कुईनेटार चुरे पहाड हुँदै झण्डै एक दर्जन जंगली हात्तीको हुल शनिबार कुईनेटारदेखि नौ किलोमिटर माथि इलामको गौथली भीरको फेदीसम्म पुग्दा स्थानीय चकित र आतंकित बनेका थिए ।

‘पहाडमा हात्ती नै देखिँदैन थियो । लामा(लामा दाह्रा भएका नौ वटा हात्ती गाउँमा एकसाथ देखापरेपछि हाम्रो त सात्तो उड्यो,’ गौथली भीरचोकका केबी किरातीले भने, ‘पहाडको भीरमा हात्ती देख्दा हामीलाई त अचम्म लाग्यो ।’अर्का स्थानीय राम दाहालका अनुसार हात्तीको हुल देख्दा केही स्थानीयको भागदौडसमेत चलेको थियो ।

तराईमा बक्राहा र पहाडमा नुनसरी खोला भनिने उक्त खोलाको बगरैबगर उकालो चढेर नौ वटा जंगली हात्तीको हुल शनिबार बिहान मोरङ र इलामको सीमाक्षेत्र पर्यटकीयस्थल कुईनेटार चुरे पहाड पुगेका थिए । स्थानीय किशोर निरौलाले हात्तीको समूह नौ किलोमिटर माथि मोरङ र इलामको सीमा क्षेत्र गौथली भीरमा पुगेर रोकिएका थिए । उनका अनुसार त्यसमाथिको उकालो चढ्न नसकेर हात्तीको बथान दिनभरी त्यही रोकिएको थियो ।

चुरेको फेद हात्तीको आउजाउ गर्ने ‘रुट’ हो । तर हात्तीले पहिलो पटक आफ्नो ‘रुट’ छाडेर पहाडतर्फ उक्लिएको पूर्वी तराईमा यो पहिलो घटना पाइएको डिभिजन वन कार्यालय मोरङका निमित्त प्रमुख राललखन ठाकुरले बताए । रुटमा समस्या देखेर वा आहाराको खोजीमा हात्तीको समूह पहाड उक्लिएको हुनसक्ने उनले बताए ।
‘विगतका वर्षमा चाररपाँच हात्ती आएर दुईरचार दिन बस्ने र फर्कने अनि फेरि आउने गर्थे । यसपाली दुई दर्जन भन्दा बढीको समूहमा आएर दुई महिनासम्म बसेर वितण्डा मच्चाउनु पनि नयाँ घटना हो,’ ठाकुरले भने, ‘सुन्दरहरैंचामा साताअघि सिकारीले एउटा हात्ती मारेपछि समूह फुटेर हिँडेको देखिन्छ । त्यसै मध्येका आठरनौ हात्ती पूर्वलागेर पहाड चढेको पाइयो ।’ तर रुट बिर्सिदा पनि आठरनौ किलोमिटर उकालो हिँड्नु हात्ती यो फरक व्यवहार देखिएको ठाकुरले बताए ।

पर्यटकीयस्थल कुईनेटारमा शनिबार उर्लाबारी, दकम र विराटनगरबाट पिकनिक खान पुगेका टोली जंगली हात्तीको हुल देख्दा केही चकित र केही आतंकित देखिन्थे । निरौलाले हात्तीको हुलका कारण पिकनिक खान पुगेकालाई इलाका प्रहरी कार्यालय मधुमल्लाले दिनभरी सुरक्षा दिनु परेको बताए ।कुईनेटारदेखि झण्डै डेढघण्टा उकालो हिँडेर पुगिने इलामको गौथली भीरसम्म पुगेका हात्तीलाई राति एक बजेतिर लखेटेर झापातर्फ फर्काएको इलाका प्रहरी मधुमल्लाका इन्चार्ज रमेश कार्कीले बताए । ‘पहाड चढेका नौ वटा हात्ती पहाडी क्षेत्रमा क्षति नपुर्‍याउन भनेर भीरबाट नुनसरी खोला हुँदै झापातर्फ खेद्यौं,’ उनले भने ।

भारतबाट झापाको बाहुनडाँगी हुँदै पूर्वी तराई छिरेका दुई दर्जन बढी जंगली हात्तीको बथान बुधबारे, शान्तिनगर, हुम्सेदुम्से, मोरङको मिक्लाजुङ, लेटाङ, कानेपोखरी, बेलबारी, सुन्दरहरैंचा र सुनसरीको इटहरी र कोशीटप्पु आसपासको जंगलमा बसेर बिज्याइँ गर्दै आएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मंसिरयता जंगली हाक्तीको आत्रमणबाट झापामा तीन, मोरङ र सुनसरीमा एकरएक जनाको ज्यान गएको छ । साताअघि मोरङको सुन्दरहरैचा–१० जनजागरण सामुदायिक वनमा सिकारीले एक जंगली हात्तीलाई गोली हानेर मारेका थिए ।गएको साउनयता जंगली हात्तीले मोरङमा १६, झापामा ५४ र सुनसरीमा ३ वटा घरमा क्षति पुर्‍याएर साँढे सात विघा खेतमा लगाएको बालीनाली नष्ट गरेको प्रदेश प्रहरीको तथ्यांक छ ।

प्रकाशित : २३ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६