समाचार

चट्ट सुहाउँदा कपडा भाडामा, युवतीहरूको आकर्षण बढ्दो 



 
बाणगङ्गा, २४ पौष ।
भाडामै चट्ट सुहाउँदा आकर्षण कपडा पाईनथालेपछि युवतीहरूको आकर्षण बढ्दो छ । विभिन्न ठाँउमा यस्ता वजार सञ्चालन छन् । यस्ता वजारमा प्राय युवती तथा महिलाहरू बढि आकर्षित भएको देखिन्छ । यस्तै बजार  कपिलवस्तुमै पहिलो पटक मुख्य बजार क्षेत्र चारनम्बरमा रेन्ट हाउसका रुपमा लक्ष्मी बुटिक सञ्चालनमा आएको छ । करिब २० लाखको लगानीमा बुटिक सञ्चालनमा ल्याएको सञ्चालक लक्ष्मी थारूले जानकारी दिइन् ।


पछिल्लो समय  आर्थिक मन्दीका कारण आवश्यक पोसाक समेत खरिद गर्न नसकिरहेको आमसेवाग्राहीको अवस्थालाई मध्यनजर गर्दै बुटिक सञ्चालनमा ल्याएको उनले बताइन् । बुटिकबाट लेहेंगा, साडी, गाउन भाडामा उपलब्ध गराउनुका साथै सुपथ मूल्यमा बिक्री समेत गरिने उनले बताइन् । उनले सेवाग्राहीले भने अनुसारको डिजाइनमा लेहेंगा, सारी सिलाउने सेवा प्रदान गरिने बताइन् । 

बाणगङ्गा नगरपालिका २ बैजलपुरकी लक्ष्मीले बुटिकमा स्थानीय ४ जना महिलालाई रोजगारी समेत दिएकी छिन् । उनले बिहे, पार्टी जस्ता विभिन्न कार्यक्रममा आकर्षक लेहंगा, सारीहरु चाहिए भाडामा उपलब्ध गराउने कपिलवस्तुकै पहिलो बुटिक भएकाले सम्पर्क गर्न आग्रह गरिन् । उनले जिल्लामै यस्तो बुटिक सञ्चालनमा आउनु कपिलवस्तुका महिला दिदीबहिनीहरूका लागी खुशीसँगै सकारात्मक पक्ष भएको बताइन् ।


दिदीबहिनी भेट भएर रमाइलो गर्ने बेलामा हरेकलाई सबैभन्दा राम्री देखाउन रहर हुने गरेको तर आर्थिक अवस्थाले भने जस्ता पहिरन गर्न नपाएको अवस्थालाई बुटिक संचालनले चिर्न सफल हुने उनको भनाई छ । ‘समयअनुसारको पहिरन गर्ने शैली बढेको छ । महिलाहरू सामान्यभन्दा आफूलाई फरक देखाउने डिजाइनर पहिरन लगाउन मन पराउँछन् ।

आफूलाई कसरी फरक देखाउने भनेर सोचिरहनुभएको छ भने एकपटक हामीलाई सम्झन सक्नुहुने छ,’ उनले भनिन् । अहिले लेहंगा खोज्न किशोरी र युवतीहरू बढी आउँने गरेको उनले सुनाईन् । उनका अनुसार युवतीको रोजाइमा लेहंगा परे पनि अधबैंसे महिलाको रोजाइमा साडी नै पर्ने गरेको छ ।

प्रकाशित : २४ पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६