देश

सांसदहरुले मागे भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता ‘डकुमेन्ट’



काठमाडौं, २४ पौष । मंगलबार बसेको संसदको पूर्वाधार समिति बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको डकुमेन्ट नआएसम्म बैठक सुरु नहुने अडान राखेका छन् ।

ऊर्जा मन्त्री शक्ति बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उपस्थितमा सुरु भएको बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् ब्यापारको डकुमेन्ट पाइसकेपछि मात्रै बैठक सुरु हुनुपर्ने बताए ।

यसअघि नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् ब्यापार सम्झौता भएको थियो । सो सम्झौताको डकुमेन्ट नपाएसम्म बैठक बस्नुको औचित्य नहुने सांसदहरुको भनाइ छ ।

सांसदहरु सिके राउत, ठाकुर गैरे, प्रतिमा गौतम लगायतले सम्झौताको डकुमेन्ट नआएसम्म अन्य एजेन्डामा प्रवेश नगर्ने भनेपछि वैठक अगाडि बढ्न सकेको छैन ।

प्रकाशित : २४ पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६