देश

यसवर्ष एसईई चैत पहिलो हप्ता हुने, उत्तीर्ण हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने



काठमाडौं, २५ पौष । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए ।

‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौ,’ उनले भने । संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले हुने नहुने भन्ने खालको अन्योलमा नपर्न अनुरोध गरे । अध्यक्ष शर्माले विधेयक पास भएर कानुन नबनेसम्म परीक्षा हुने स्पष्ट पारेका हुन्।

‘शिक्षा विधेयकमा १० को परीक्षा उल्लेख नभएकोले धेरै कुरा आएको छ । एसईई हुन्छ । परीक्षा, नतिजाको क्यालेन्डर निकालेको छ । क्यालेन्डर अनुसार एसईई हुन्छ । प्रदेश तहमा समिती बनेको छ । गत वर्षदेखि व्यवस्थापनमा प्रदेशले गरेको छ,’ उनले भने ।

शिक्षा ऐनमा सर्टिफिकेट बोर्डले वितरण गर्ने भएकाले केन्द्रबाट रुटिन सार्वजनिक गरिएको र व्यवस्थापन प्रदेशले गर्न उनले बताए ।

‘प्रश्नपत्र बोर्डले तयार गर्ने, प्रमाणीकरण गर्ने बोर्डले गर्छ । त्यही अनुसार काम भैरहेको छ ।’ उनले भने । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भैरहेकोले एसईई प्रभावित नहुने उनले बताए ।

“जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुमा परीक्षा संचालन र परीक्षा केन्द्र राख्न उपयुक्त छ छैन भनेर प्रअसँग भेट्यौ । पढाइ भइरहेको र सन्चालन्को लागि केन्द्र सन्चालन गर्नलाई अल्टरनेट गर्न सकिन्छ ।

नजिकैको अर्कोमा गर्ने तयारी भइरहेको छ । स्थानीय पालिका, जिल्ला समन्वय र सामाजिक विकास कार्यालय र व्यवस्थापन समितिसँग छलफल गरेको छ । परीक्षा सर्ने कुरा सुझाव आएको छैन,” उनले भने । भूकम्पले विद्यार्थीको किताब हराए पनि हाल पुस्तक पुगिसकेको अध्यक्ष शर्माले बताए ।

यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।’यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदै छ । केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुदैछ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने भयो,’ उनले भने, “कतै पुरानो परम्परा फर्किन्छ कि भन्ने छ ।’

यसअघि ग्रेडिङ सिस्टम थियो । अब ग्रेडिङ नहुने भएको छ । अहिलेसम्म रजिस्ट्रेसन भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित : २५ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६