प्रदेश

कानुन निर्माणमा स्थानीय तह सक्षम हुन आवश्यकः सभामुख घर्ती



बुटवल, २५ पौष । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुन निर्माणमा स्थानीय तह सक्षम हुन जरुरी रहेको बताउनु भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा आज बुटवलमा बहेको लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा संचालन सम्बन्धि अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले कानुनी र संबैधानिक ब्यवस्था अनुसार स्थानीय तहसंग कानुन निर्माणमा सहकार्य समन्वय र सहजीकरण गरिएको जानकारी दिनु भयो ।

सभामुख घर्ती मगरले बिकास निर्माणसंगै कानुन निर्माणमा पनि ध्यान दिनु जरुरी रहेको बताउनु हुँदै कानुन निर्माणमा सानो गल्तीले दीर्घकालीन असर पुग्ने भएकाले संबेदनसिल रहेको बताउनु भयो । प्रदेश सभा र स्थानीय तह बीच अन्तरसम्बन्ध स्थापित गरि शुसासन कायम गर्न र जनमैत्री काम गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गर्नु भयो । माननीय उप सभामुख मेनुका खाड केसी ज्युले स्थानीय तह र प्रदेश सभाबिच सहकार्य जरुरी रहेको बताउनु भयो । प्रदेश सभा सदस्य तुल्सी चौधरीले स्थानीय तहलाई अझै कृयाशिल बनाउन स्थानीय ऐनको आवस्यकता रहेको बताउनु भयो ।

उहाँले स्थानीय तहको लागि आवस्यक परेको कानुन बनाउन तयार रहेको बताउनु भयो । प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले संघीयताले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताउनु हुँदै सोही अनुसार जिम्मेवारी निर्बाह गर्न आग्रह गर्नु भयो । उहाँले जनमैत्री काम गर्न जनप्रतिनिधिलाई सुझाव दिदै संघीयता सफल बनाउने जिम्मेवारी थपिएको बताउनु भयो । कार्यक्रममा बुटवल उप महानगरपालिका उपमेयर साबित्रा देबि अर्यालले संघीयताको मर्म अनुसार सहकार्य गर्नु आवस्यक रहेको र प्रदेश सभाले बनाएको कानुन इमानदारीताका साथ कार्यान्वयन गरिरहेको बताउनु भयो ।

सुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल , सियारी गापा अध्यक्ष थानेस्वर घिमिरे लगायतले कानुनी प्रक्रियामा सहभागी बनाउनु पर्नेमा जोड दिनु भयो । प्रदेश सभा सचिब दुर्लभ कुमार पुनले प्रदेश सभाको गतिविधि र सभा संचालन सम्बन्धि सहजीकरण गर्नु भयो । कानुन उप सचिब ईश्वरी प्रसाद आचार्यले गाउँ र नगर सभा संचालन ब्यवस्था सम्बन्धी सहजीकरण गर्नु भएको थियो । बुटवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले २१ऐन, १२ नियमावली ,४५ कार्यविधि, १० निर्देशिका,४ मापदण्ड गरि ९२ ऐन, नियमावली निर्देशिका र मापदण्डमा रहि कार्य संचालन गरिएको जानकारी गराउनु भयो । सुद्दोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौडेलले पदाधिकारी र कर्मचारीको जीवन बिमा सम्बन्धि ऐन, बिद्धुतिय सरकार संचालन ऐन, स्थानीय सेवा ऐन बनाउन जरुरी रहेको बताउनु भयो ।

त्यसै गरि सियारी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले कानुनको अभावमा कर्मचारी दरबन्दीको समस्या रहेको बताउनु भयो । सचिवालयका अधिकृत राधा रोकाको संचालनमा भएको अन्तरकृयामा बुटवल उप-महानगर पालिका, सुद्दोधन र सियारी गाउँपालिका प्रमुख रउपप्रमुख वडा अध्यक्ष र पालिका सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रकाशित : २५ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६