प्रदेश

बाणगङ्गाको १४ औं नगरसभाले पारित गर्‍यो  दुई वटा विधेयक



हरि घिमिरे, २५ पौष । बाणगङ्गा नगरपालिकाले दुई वटा महत्वपूर्ण विधेयक पारित गरेको छ । आज सम्पन्न नगरपालिकाको १४ औं नगरसभाले दुई विधेयक पारित गरेको हो ।  विधेयक समितिका संयोजक बाबुराम अर्यालले प्रस्तुत गरेका वन विधेयक २०८०, बाणगङ्गा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा सञ्चालन विधेयक २०८० नगरसभाले पारित गरेको छ ।  

यस्तै खानेपानी तथा सरसफाइको क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरू सँग छलफल गरी तयार पारिएको खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी ऐन, २०७८ ( प्रथम संशोधन प्रस्ताव ) पारित गरेको हो ।

नगरसभाले राजस्व परामर्श समिति संयोजक समेत रहेकी नगर उप प्रमुख रिता कुमारी चौधरीले पेस गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८० मा संशोधन प्रस्तावलाई पारित गरेको छ । 

सभामा नगरप्रमुख चक्रपाणी अर्यालले प्रगति विवरण प्रस्तुत गर्दै आर्थिक वर्ष २०८० / ०८१९ को कुल बजेटको हालसम्म पुँजीगत तर्फ १५ प्रतिशत र प्रशासनतर्फ ३० प्रतिशत खर्च भएको जानकारी दिए ।

नगरपालिकाको कुल बजेट ९ अर्ब २३ करोड ९३ लाख ३५ हजार ४ सय ३३ रुपैयाँ हो । उनले उक्त बजेटको आम्दानी तर्फ ४१ प्रतिशत तथा खर्चतर्फ २३ प्रतिशत प्रगति भएको बताए । उनले आर्थिक वर्षको अन्त्यमा प्रशासनिक तथा विकासात्मक गतिविधिलाई द्रुत दिने प्रवृत्तिलाई न्यूनीकरण गर्न आग्रह समेत गरेका छन्‌ ।

वित्तिय जोखिम न्यूनीकरणमा नगरपालिकाले ८७ अङ्क प्राप्त गर्ने अनुमान गरि जिल्ला समन्वय समितिमा पठाएको उनले जानकारी दिए । उनले नगरका ११ वटै वडामा जीपीएस लोकेसन सहित घरको नम्बरिङ गर्ने काम अन्तिम चरणमा पुगेको बताए । उनले नगरको भौतिक, आर्थिक, सामाजिक, वातावरणीय तथा समग्र विकासलाई अनुमानयोग्य बनाउन आवधिक योजनामा उल्लेखित स्वीकृत योजना बैंकबाट मात्र कार्य प्रक्रिया अघि बढाउने कामको थालनी गरेको उनको भनाई छ । बुधबार नगरपालिकाको आफ्नै सभाहलमा नगरसभा सम्पन्न भएको हो ।

यसैबीच नगरपालिकाबाट पुरस्कृत एवं सम्मानित हुनुभएका पत्रकार कुलराज भुसालले पुरस्कार स्वरुप आफुले प्राप्त गरेको रकमबाट रु ५ हजार ५ रुपैया रक्त क्यान्सर पीडित पत्रकार दिपक केसीको उपचारको लागि प्रदान गर्नुभएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा सदस्य पत्रकार केसी हाल दिल्लीमा उपचाररत हुनुहुन्छ । केसीको उपचारमा थोरै भए पनि राहत होस भन्ने उद्देश्यले सञ्चारकर्मबाट आर्जन गरेको रकम सञ्चारकर्मीलाई सहयोग गरेको पत्रकार भुसालको भनाई छ ।

प्रकाशित : २५ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६