खोज–अनुसन्धान

चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा. खरेल निर्वाचित



रुपन्देही २६ पुस। नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा। कृष्ण खरेल निर्वाचित भएका छन् । खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको हो ।निर्वाचन समितिका संयोजक श्रीधर आचार्यका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा डा। सन्दीप सुवेदी, उपाध्यक्षमा डा। वर्षा थापा, महासचिवमा डा। प्रकाश बस्नेत, कोषाध्यक्षमा डा। रमेश भट्टराई, सहसचिवमा डा मोहनलाल तिवारी र सहकोषाध्यक्षमा डा। अमित चतुर्वेदी सर्वसम्मत भए ।

सदस्यहरुमा डा। रमेश अर्याल, डा। सरोज थापा, डा। मनिष विश्वकर्मा, डा। राजेन्द्र बस्याल, डा। सदीक्षा चापागाईं र डा। आकाश शाही चयन भएको उनले जानकारी दिए ।संघको लुम्बिनी शाखामा ४०० चिकित्सक आवद्ध छन् । देशभरका ३५ हजार चिकित्सक संघमा आवद्ध छन् ।नवनिर्वाचित लुम्बिनी अध्यक्ष डा। खरेलले चिकित्सा क्षेत्रमा पछिल्लो समय बढेको विकृतिविरुद्ध संघले काम गर्ने बताए ।कतिपय दुर्घटनालाई गलत ढंगबाट व्याख्या गर्ने प्रवृत्ति चिर्न जरुरी रहेको बताउँदै उनले कानून बनाएर विकृति रोक्नेतर्फ सरकार लाग्नुपर्ने औंल्याए ।

प्रकाशित : २६ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६