रूपन्देही २६ पुस । लुम्बिनीमा सत्ता गठबन्धन दलको बैठकले राष्ट्रियसभा निर्वाचन लक्षित समन्वय समिति गठन गरेको छ ।नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा लुम्बिनी प्रदेशभित्रका सबै प्रदेश सभापतिरअध्यक्ष एवं प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू सम्मिलित राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति गठन गरिएको हो ।बैठकले सबै जिल्लाका स्थानीय तहका प्रमुखरउपप्रमुख र जिल्ला नेतृत्वसँग भेटघाट गर्न माघ २ गतेबाट जिल्ला–जिल्ला जाने निर्णय गरेको संयोजक पुनले जानकारी दिए ।लुम्बिनीमा सत्ता गठबन्धनले झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ ।सुवेदीलाई माओवादी र सापकोटालाई कांग्रेसले उम्मेदवार बनाएकाा छन्
२६ पुस २०८०, बिहिबार
प्रतिक्रिया