अर्थ-वाणिज्य

अवको १५ महिनामा काम पुरा हुने: बुटवल-नारायण घाट सडकमा ४३ प्रतिशत काम भयो : मन्त्री ज्वाला



चितवन २६ पुस। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायणघाट–बुटवल, मुग्लिन–पोखरा सडक खण्डको निर्माणको प्रगतीबारे जानकारी दिएका छन् । निर्माण कार्य ढिलाइ भएको भन्दै चर्को विरोध भएपछि पत्रकार सम्मेलन गरेर मन्त्री ज्वालाले पछिल्लो ९ महिनामा भएको कामको जानकारी दिएका हुन् ।एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको सडक आयोजनाको काम कति भयो भनेर भएको पत्रकार सम्मेलनमा यातायता मन्त्री, सचिव केशबकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशिलबाबु ढकाल र एडीबी आयोजना निर्देशनालयका प्रमुख चुडाराज ढकालको उपस्थित थियो । एडीबीको ऋण सहयोगमा नारायणघाट–बुटवल, मुग्लिन–पोखरा र कञ्चनपुर–कमला सडक निर्माण भइरहेको छ ।
मन्त्री ज्वालाले आफू मन्त्री भएर आएपछि विभिन्न समस्या सामाधान गर्दै नारायणघाट–बुटवल, मुग्लिन–पोखरा र कञ्चनपुर–कमला सडक निर्माणको कामले गति लिएको बताए । तर, मिडियामा भने काम नै नभएको जसरी प्रचार भइरहेको आरोप लगाए ।निर्देशनालयका अनुसार नारायणघाट–बुटवल सडकमा ५२ महिनामा कल्भर्ट २१९ वटा, पुल २९ वटा, सक्वेस ३८.६३ किलोमिटर, बेस २३.४८ किलोमिटर, कालोपत्रे ५.२९ किलोमिटर र अस्फाल्ट २०० मिटर मात्रै भएकामा चैतपछिको ९ महिनामा कल्भर्ट ७६ वटा, पुल ७ वटा, सबवेस २२.५३ किलोमिटर, बेस २६.८२ किलोमिटर, कालोपत्रे ३४.२७ किलोमिटर र अस्फाल्ट ९.१ किलोमिटर निर्माण भइसकेको बताएको छ ।
हालसम्म नारायणघाट–बुटवल सडकमा ४३ प्रतिशत काम भएको छ । सुरुमा गरेको ठेक्का सम्झौता अनुसार आयोजनाको काम १७ महिनाअघि नै सकिनुपर्ने हो ।

सो आयोजनाको लागत १७ अर्ब रहेको छ । निर्माण व्यवसायीले आगामी १५ महिनामा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । कोरोनाको कारण काम ठिलो भएको निर्देशनालयले बताएको छ ।मुग्लिन–पोखरा सडकको ८० किलोमिटर सडक निर्माण गर्नु पर्नेमा २० किलोमितर कालोपत्रे सहित ४४ प्रतिशत काम सम्पन्न भएको छ । भने, पछिल्लो ९ महिनामा मात्रै १४ प्रतिशत काम सम्पन्न भएको निर्देशनालयले बताएको छ ।
९ महिनामा कल्भर्ट ८४ वटा, पुल ९ वटा, सववेस २३।५ किलोमिटर, बेस २४ किलोमिटर, कालोपत्रे २० किलोमिटर र अस्फाल्ट ४ किलोमिटर निर्माण भएको हो ।मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा ठेक्का तोड्ने चेतावनी पछि निर्माण कम्पनीको मुख्य कार्यालयको प्रतिनिधिले सन् २०२५ भित्र काम सक्ने तालिका पेस गरको छ । सो आयोजनाको लागत १३ अर्ब ६१ करोड हो ।त्यस्तै, एडीबीको ऋणमा बनिरहेको निर्माण भइरहेको ८६.८३ किलोमिटरको कञ्चनपुर–कमला सडकको काम पछिल्लो ९ महिनामा १२ प्रतिशत काम भएको छ । सो आयोजनाको हालसम्म ४१.४७ प्रतिशत काम भएको छ । आयोजनाको लागत १५ अर्ब ६५ करोड रहेको छ ।

प्रकाशित : २५ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६