कृषि

मातृशिशु मृत्युदर घटाउने बिशेष योजना छ : मन्त्री खनाल



वाँके २६ पुस । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मातृशिशु मृत्युदर घटाउने कुरालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । बाँकेको नरैनापुरमा निर्माणाधीन अस्पतालको निरीक्षण गदै उहाँले यस्तो बताउनु भएको हो । मन्त्री खनालले लुम्बिनी प्रदेशले बाँकेको दुर्गम र पिछडिएको नरैनापुरलाई प्रमुख प्राथमिकता मा राखेको बताउदै निर्माणाधीन अस्पतालका लागि ५० लाख बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसीले प्रदेश सरकार र नरैनापुरको अस्पतालबिचको सहकार्यमा आगामी दिनमा स्त्रीरोग सेवा र शिक्षाको विस्तार गर्न आवश्यक रहेको बताउदै सहरी विकास मन्त्रालयबाट गर्न सक्ने सहयोग गर्ने बताउनुभयो ।नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरू लागि परेको बताउनुहुँदै आर्थिक अभाव र आवश्यक उपकरण खरिद गर्न नसकेकोले चाहे जति स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालय का सचिव, निर्देशक, प्रदेश सभा सदस्यहरू, वडा अध्यक्षहरू र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित : २६ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६