अर्थ-वाणिज्य

विद्युतीय प्रणालीबाट सामाजिक सुरक्षा भत्ता विवरण



तानसेन २६ पुस।सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफ्टी’मार्फत वितरण गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि ‘इएफ्टी’मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । ‘इएफ्टी’ सेवा सुरु भएपछि लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैङ्क खातामा पठाइएको पञ्जीकरण शाखाका प्रमुख भोजराज भट्टराईले जानकारी दिनुभयो । सम्झौता गरिएको नेपाल बैंकको खातामा सम्बन्धित लाभग्राहीको रकम पठाइएको भट्टराईले बताउनुभयो । यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा गाउँपालिकाले तीन हजार १५५ लाभग्राहीलाई जम्मा तीन करोड १२ लाख ६८ हजार बयानब्बे रुपियाँ ‘इएफ्टी प्रणालीमार्फत वितरण गरेको हो ।

दोस्रो त्रैमासिकमा गाउँपालिकामा ज्येष्ठ नागरिक ६८ वर्षमाथि एक हजार ९२० जना, ज्येष्ठ नागरिक दलित १३७, ज्येष्ठ नागरिक एकल २९७ जना छन् । यसैगरी विधवा आर्थिक सहायता ४२४ जना, पूर्ण अपाङ्गतातर्फ ४७, ख वर्ग आर्थिक सहायता १०८ र दलित बालपोषणतर्फ २२२ जना रहेको पालिकाले जनाएको छ । ‘इएफ्टी’मार्फत लाभग्राहीले प्रविधिमैत्री, छिटोछरितो र सहज सेवा पाउने पालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले जानकारी दिनुभयो ।

प्रकाशित : २७ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६