प्रदेश

पृथ्वीनारायण साहको सालिक सहित नेपालको नक्सा र झण्डा अनावरण




कपिलवस्तु, २७ पौष ।

कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर ५ मा रहेको मधौलिया वन उद्यान ( लभ पार्क ) मा दिन स्व. पृथ्वीनारायण साहको सालिक, नेपालको नक्सा र झण्डा अनावरण गरिएको छ । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले अनावरण गर्नुभएको हो । 

अनावरण गर्दै प्रजिअ अर्यालले देशमा विभिन्न धर्म, समुदाय, वर्ग बिच विभिन्न बहानामा बढ्दै गैरहेको झैझगडालाई निर्मूल पार्नको लागि स्व. पृथ्वीनारायण साहका उपदेश महत्वपूर्ण रहेका बताउनुभयो । राष्ट्र निर्माण साहको योगदानको उच्च रहेको बताउँदै सबै जातजातिको साझा पुलवारि नेपालमा सबैको समान अधिकार रहेको बताउनु भयो । 
त्यस्तै उहाँले छोटो समयमा धेरै काम गरेको भन्दै पार्कले जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।


उद्यानका अध्यक्ष खडानन्द गौतमले प्रतिवेदन प्रस्तुत गर्दै मधौलिया वनमा रहेको पार्कको सुरुवाती चरण देखि आएका समस्या र पछिलो समय उद्यानको विकासमा खेलिएको भूमिकाको बारेमा बताउनु भएको थियो ।  जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास भैरहेको यस पार्कले अहिले ६ जनालाई प्रत्यक्ष रोजगार दिलाएको समेत उहाँले बताउनुभयो ।


समाजसेवी झबिलाल पोख्रेलले पृथ्वीनारायण साहले राष्ट्र निर्माणमा गरेको योगदानलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । विगतमा जस्तो अहिले देश प्रतिको माया र नैतिकता हराउँदै गएको भन्दै उहाँले दुख समेत व्यक्त गर्नुभयो ।


उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसाल, वडा नम्बर ४ का पुर्व अध्यक्ष गणेश  क्षेत्री, इलाका प्रहरी कार्यालय पिपराका प्रमुख र जिल्ला सशस्त्र प्रहरीका प्रमुख, समाज सेवी, बुद्धिजीवी, लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा साहित्यकार लेखनाथ घिमिरे, वनका सल्लाहकार प्रकाश भुसाल लगायतले बोल्नु भएको थियो । मधौलिया वन उद्यानका उपाध्यक्ष तुल्सी प्रसाद अर्यालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन कृष्ण पाण्डे ले गर्नु भएको थियो । पार्कमा  मूर्ति निर्माण गर्ने सचिन थापालाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित : २७ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६