प्रदेश

बाणगङ्गा पिपरामा पहिलो पटक राष्ट्रिय मगर माघे महोत्सव हुने 




कपिलवस्तु, २७ पौष ।
बाणगङ्गा नगरपालिका वडा नम्बर २ पिपरामा पहिलो पटक राष्ट्रिय मगर माघे महोत्सव हुने भएको छ । ‘हाम्रो रति परम्परा धर्म संस्कृतिको जगेर्ना गरौँ, मगर एकता कायम राखौं’ भन्ने मूल नाराका साथ माघ १ गते जनता मा. वि. को प्राङ्गणमा महोत्सव सञ्चालन हुन लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।


नेपाल मगर संघका केन्द्रिय सदस्य लक्ष्मी सारू मगरले धर्म संस्कृत र परम्परालाई जोगाउन यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । देशमा युवा वर्ग पलायन भैरहेको समयमा युवा समुह नै आयोजक भएर महोत्सव सञ्चालन हुनु निक्कै उदाहरणीय रहेको उहाँले बताउनुभयो ।


त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले हराउँदै गैरहेको धर्म संस्कृति र परम्परालाई उजागर गर्न यस्ता कार्यक्रम महत्वपूर्ण सावित हुने बताउनुभयो । महत्त्वपूर्ण सम्पत्तिको रुपमा रहेका परम्परा र संस्कृतिलाई बचाउन वडा प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो ।


कार्यक्रमको बारेमा जानकारी दिदै महोत्सव संयोजक किरण सिङ राना मगरले सबै जातजाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै आफूहरूले मगर माघे महोत्सव सञ्चालन गर्न लागेको बताउनुभयो । महोत्सवमा राष्ट्रिय गायक दीपक गरौँजा, गायिका वर्षा थापा र स्थानीय कलाकारहरूको  प्रस्तुती रहने उहाँले बताउनुभयो । त्यस्तै महोत्सवमा १५ बढि स्टलहरू मगर समुदायका खानाका परिकारको लागि मात्र छुट्टाइएको पनि उहाँले जानकारी दिनुभयो ।


त्यस्तै नेपाल मगर संघका प्रदेश सदस्य विष्णु थापा मगरले विविधतामा एकता रहेको नेपाली समुदायलाई अझ प्रगाढ बनाउनको लागि यस्ता महोत्सवले विशेष भूमिका खेल्ने बताउनुभयो ।


प्रदेशमा मगरको संख्या रहेको बताउँदै युवा पुस्तालाई यस्ता पर्वले संस्कृति बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । पत्रकार सम्मेलनका अध्यक्ष तथा नेपाल मगर संघ बाणगङ्गा नगरपालिका वडा नम्बर २ का अध्यक्ष प्रदिप थापा मगरले आयोजना हुन लागेको महोत्सवलाई सफल पार्न सम्पूर्ण पक्षलाई आह्वान गर्नुभयो । पहिलो पटक सञ्चालन गर्न लागेकोले केही चुनौती रहेपनि आफूहरूले कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्ने उहाँले बताउनुभयो । 


नेपाल मगर संघ जिल्ला अध्यक्ष मोहन सिञ्जाली, मगर संघ बाणगङ्गा नगर समितिका पदाधिकारी, वडा समितिका पदाधिकारी, पत्रकार लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नेपाल मगर संघ बाणगङ्गा २ की सचिव चण्डिका सोमै मगरले गर्नुभएको थियो ।

प्रकाशित : २७ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६