अर्थ-वाणिज्य

नागरिक उन्मुक्ति पार्टीले अध्यक्षसहित अधिकांश पदाधिकारी सर्वसम्मत



बाके २७ पुस ।नागरिक उन्मुक्ति पार्टीले अध्यक्षसहित अधिकांश पदाधिकारी सर्वसम्मतमा टुंगो लगाएको छ।कैलालीको टीकापुरमा जारी प्रथम महाधिवेशन अन्तर्गत अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध निर्वाचित भएका छन्। अहिलेसम्म महासचिव र उपाध्यक्षबाहेक अन्य पदाधिकारी सर्वसम्मतिले टुंगो लागेको छ। वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी निविरोध चयन भएका छन्।

सह(महासचिवमा रामलाल डगौँरा, पदम अधिकारी, पवनकुमार शाह, दिलकुमार रावत, राजन गुरुङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भए।सचिवतर्फका ७ पदमा तुलसीप्रसाद चौधरी, तलित ताम्राकार, चन्द्रकुमार चौधरी र विजयकुमार बस्नेतको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भए।त्यस्तै ७ पद जनाको सीट रहेको सहसचिवमा पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अमहमद हुसेन मनिहर, मणीराम भण्डारी, लालबहादुर रावल र अम्बरबहादुर लिम्बु सर्वसम्मत चयन भए।

महासचिवमा धर्मबहादुर चौधरी, ठाकुरसिंह चौधरी र गंगाराम चौधरीको उम्मेदवारी थियो। तीमध्ये ठाकुरसिंह थारुले उम्मेदवारी फिर्ता लिएका छन्। धर्मराज र गंगारामबीच महासचिवका लागि छलफल चलिरहेको छ। यस्तै, ७ जना उपाध्यक्षमध्ये ५ जनाको नाम टुंगो लागेको छ। अन्य दुई उपाध्यक्ष टुंगो लाग्न बाँकी छ।

सुदूरपश्चिमका रतनबहादुर थापा, गण्डकीका शिवकुमार बास्तोला, कर्णालीका महेन्द्र पुन, कोशीमा इन्द्रकुमारी लिम्बु, मधेशमा रामकुमार महतो सर्वसम्मत उपाध्यक्ष चयन भएका छन्ह ।हरेक प्रदेशबाट एक उपाध्यक्ष पर्ने गरी उन्मुक्तिले ७ उपाध्यक्ष राख्दैछ। सहमति नजुटेको सहमतिको प्रयास जारी रहेको नेताहरुले बताएका छन्। नागरिक उन्मुक्तिले अध्यक्षसहित ३३ सदस्यीय पदाधिकारी चयन गर्नेछ।

प्रकाशित : २७ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६