अर्थ-वाणिज्य

अर्घाखाँचीको पर्यटन प्रवर्दनको शुभारम्भ प्रधानमन्त्रीले गर्ने



सन्धिखर्क २७ पुस ।अर्घाखाँचीको पर्यटन प्रवद्र्धन शुभारम्भ प्रधानमन्त्रीले गर्ने सन्धिखर्क २७ पुस अर्घाखाँचीमा पर्यटन, आर्थिक विकास र स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० हुने भएको छ । माघे संक्रातिको अवसरमा गरिने तयारीमा रहेको यस कार्यक्रमका लागि पर्यटकीय क्षेत्रको पहिचान गरिएको छ । कार्यक्रमको औपचारिक उद्घाटन माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्रका बारेमा निर्माण गरिएको कार्यक्रमको गीत सार्वजनिक गर्दै राज्यमन्त्री ठकुरीले पर्यटन प्रवर्द्धन कार्यक्रमले जिल्लाको आर्थिक समृद्धिमा टेवा पुर्याउने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष एवम् मूलआयोजक समितिका संयोजक अशोक खनालले अर्घाखाँचीको पर्यटन प्रवर्द्धन गरी आर्थिक समृद्धिका लागि अभियानहरु सञ्चालन गर्न पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० आयोजना गरिएको बताउनुभयो । जिल्लामा पर्यटनको पर्याप्त सम्भावनाहरु हुँदाहुँदै पनि प्रचारप्रसार र अभियानहरु नहुँदा पर्यटकीय क्षेत्रको विकास हुन नसकेको उहाँको भनाइ छ । यसबाहेक कार्यक्रम अन्तर्गत पर्यटन सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, जिल्लास्तरीय पर्यटन प्रचासप्रसार समिति निर्माण गर्ने, जिल्लाका करिब ७० जना पत्रकारलाई पर्यटन सम्बन्धी तालिम प्रदान गरिने भएको छ । जिल्लाका पर्यटकीय गन्तव्यहरुको वृत्तचित्र निर्माण गर्ने, पम्प्लेट निर्माण गरी वितरण गर्ने, राजमार्गमा होडिङबोर्ड राख्ने, पर्यटकीय स्थलको फोटो प्रदर्शनी, पर्यटन पदयात्रा, नेपालका मूख्य सहरमा प्रसारप्रसार अभियान सञ्चालन गरिने महासंघले जनाएको छ ।

अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिर हो । पाणिनि तपोभूमि, बल्कोटको पौवा, छत्र महाराजको मन्दिर, मालारानी, अर्घा दरदबार, खाँचीकोट दरबार, अर्घा भगवती मन्दिर, डमरु दह, दुर्वाश्वेश्वर मन्दिर, शिदेश्वर शिवालय मन्दिर सन्धिखर्क, नरपानी लगायतका मन्दिर र स्थलहरु जिल्लाका पर्यटकीय स्थलहरु हुन् ।

प्रकाशित : २७ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६