खोज–अनुसन्धान

कपिलवस्तुमा माघीको रौनकः ३ स्थानमा मेला महोत्सव लाग्दै



कपिलवस्तु २८ पुस।कपिलवस्तुमा बासोवास गर्ने थारु समुदायका वस्तीहरुमा यतिबेला ’सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको छ । जिल्लामा अहिले माघी पर्वको रौनक छाएको छ । समुदायमा बडो उत्साहका साथ माघीको तयारी भइरहेको छ । थारु समुदायले माघीलाई सबैभन्दा ठूलो पर्वको रूपमा लिइका छन । माघीको अवसरमा कपिलस्तुका ३ स्थानमा माघी मेलाको आयोजना गरिएको छ ।माघी मेलामा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका र उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थीहरुलाई सम्मान गर्ने योजनाका साथ अघी बढी रहेको थारु कल्याणकरिणी सभा कपिलवस्तुका अध्यक्ष पावन चौधरीले बताउनुभयो । जिल्लाको बाणगंगा नगरपालिकामा माघ २, ३ र ४ गते नगर स्तरिय माघी मेलाको आयोजना गरिएको छ । त्यस्तै बुद्धभुमी नगरपालिकामा पुस २९ गते देखी माघ १ गते सम्म मेलाको तयारी भैरहेको थारु कल्याणकरिणी सभा कपिलवस्तुका अध्यक्ष पवन चौधरीले जानकारी दिनुभयो ।
जिल्लाको शिवराज नगरपालिका वडा नं १ उमरी स्थित थारु संग्रहालय उदघाटन तथा तिसरा माघी खिचडी महोत्सव माघ १ देखि ३ गते सम्म हुने महोत्सव आयोजक समितिका अध्यक्ष प्रकाश चौधरीले जानकारी दिनुभयो । बाणगंगा नगरको केही वडा स्तरिय र विजयनगर गाँउपालिकाको केही वडामा वडास्तरिय माघीको मेला आयोजना गरिएको छ ।यस्तै दाङका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । थारू समुदायको मुख्य पर्व माघी नजिकिँदै गर्दा त्यसको तयारीसँगै थारू बस्तीमा चहलपहलसमेत बढेको छ ।

प्रकाशित : २८ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६