कपिलवस्तु, २९ पौष ।शिव पार्वती खानेपानी तथा उपभोक्ता सरसफाई समितिको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । बाणगंगा ८ मधुवन संस्थाको प्राङगणमा साधारण सभा तथा चौथो अधिवेसन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ८ का वडा अध्यक्ष बाबुराम अर्यालले यस क्षेत्रका उपभोक्ताहरुलाई नियमित खानेपानीको ब्यवस्थापन गर्न सफल भएको बताए । उनले वडाको विकासका लागि यो खानेपानीको अहम भुमिका रहेको बताए । उनले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भन्दै व्यक्तिलाई नभई नहुने खानेपानी तर्फ संवेदनशील हुने आवश्यक रहेको बताए । वडा अध्यक्ष अर्यालले शुद्ध पानी खान र खुवाउनका लागि सबै सरोकार वालाहरुले जिम्मेवार पुर्ण ढंग प्रस्तुत हुन समेत आग्रह समेत गरे।
कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई महासंघका जिल्ला अध्यक्ष राजेन्द्र विक्रम शाहले खानेपानी मानिसको जिवन संग जति सम्बन्धित छ त्यति नै मानिसको जिवन सरसफाई संग सम्बन्धित भएकोमा जोड दिए । उनले संस्थाले उपभोक्ताको धारा सम्म स्वच्छ खानेपानी पुर्याएपनि त्यो पानीलाई स्वच्छ र सफा बनाउने कुरामा उपभोक्ताले ध्यानदिनु पर्ने बताए ।
सभामा टोल विकास समितिका अध्यक्ष युवराज आर्चाय, मालिका खानेपानीका सचिव, मधुवन सामुदायिक वनका अध्यक्ष शान्त बिक्रम पौडेल लगाएतले धारणा राखेका थिय ।
कार्यक्रममा खानेपानी उपभोक्ता समितीका अध्यक्ष चक्र बहादुर भण्डारीले प्रगति प्रतिबेदन पेश गर्दै पक्की नाला व्यवस्थापन गरिएको, इ सेवाद्धारा बिल भुक्तानी गर्ने व्यवस्था गरिएको, कार्यलय व्यवस्थापन लगायतका धेरै काम भएको बताए ।
खानेपानी समितिका महासचिव जगन्नाथ भण्डारीले कार्यप्रगति प्रतिवेदन, नेत्र पाण्डेले २०७३ देखी २०८० सम्मको आर्थिक प्रतिवेदन पेस गरेका थिए । यस्तै लेखा समिति संयोजक खिमलाल खरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे ।
आर्थिक बर्ष २०७९/ 0८० मा खानेपानीको जम्मा आम्दानी ३६ लाख ७७ हजार तथा २९ लाख ५५ हजार ३ सय २० खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सो अवसरमा शिर्व पार्वती खानेपानी समितीको विभिन्न पदाधिकारी कार्य गर्नुभएका दिवंगत परिवार,नियमित रुपमा खानेपानी महसुल बुझाउने असल उपभोक्ता, लगाएतलाई सम्मान गरेको थियो । संघ संस्थाका प्रतिनिधि, कर्मचारी, पत्रकार तथा उपभोक्ताहरुको उपस्थिती रहेको कार्यक्रमा समितिका सचिव टकं जि.सि.को स्वागत तथा महासचिव जगन्नाथ भण्डारीको सञ्चालनमा सम्पन्न भएको हो ।









प्रतिक्रिया