अर्थ-वाणिज्य

कार दुर्घटनामा छोरा-छोरी, सासू-ससुरासँगै बिते वरिष्ठ बालरोग विशेषज्ञ डा.गौतम : क्यान्सर विशेषज्ञ श्रीमती मात्र बचिन



काठमाडौं ३० पुस ।शनिबार काठमाडौँको चन्द्रागिरीस्थित सेतो पहरामा भएको कार दुर्घटनामा वरिष्ठ बालरोग विशेषज्ञ डा। महेशकुमार गौतमको मृत्यु भएको छ। शनिबार बिहान काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको बा प्र ०१–०२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा ३८ वर्षीय डा। गौतम सहित उनका छोरा, छोरी तथा सासू–ससुराकै मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा डा। गौतमसहित उनका छोरी स्मारिका गौतम, छोरा प्रियान्स गौतम तथा सासू ६४ वर्षीया कल्पना तिवारी र ससुरा ६७ वर्षीय ओमकार निधि तिवारीको मृत्यु भएको हो। उनीहरू शनिबारको बिदामा परिवारै चन्द्रागिरि घुम्न गएका थिए।
दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने छोरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।दुर्घटनामा डा। गौतमकी श्रीमती क्यान्सर रोग विशेषज्ञ डा। सृष्टि तिवारी गौतम मात्र बाँच्न सफल भएकी छन्। उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित : २९ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६