प्रदेश

माघी एकता र सद्भावको पर्वः मुख्यमन्त्री चौधरी



कपिलवस्तु, ०१ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माघी एकता र सद्भावको पर्व भएको बताएका छन् । माघी पर्व तथा माघे सङ्क्रान्तिको शुभकामना दिँदै मुख्यमन्त्री चौधरीले माघीलाई उल्लासपूर्ण रूपमा मनाउनु पर्ने र चाडपर्व तथा संस्कृतिहरूको संरक्षण तथा सम्बर्द्धन गर्दै पर्वलाई हर्ष, खुसी र मनोरञ्जनपूर्ण बनाउँदै बन्धुत्व, एकता र सद्भाव कायम गरेर लैजानु पर्ने बताए ।

यस महान् पर्वले सबैमा उत्साह एवम् उमङ्ग थपोस् र सबै बिच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायमको लागि शुभकामना दिएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश हो । यहाँ विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति, रीतिरिवाज, रहनसहन आ आफ्नै छन् । माघी पर्व तथा मकर (माघे) सङ्क्रान्तिलाई हिमाल, पहाड र तराईमा बसोबास गर्ने नागरिकले आआफ्ना परम्परागत विशेषता र प्रकृति अनुसार मनाउने गर्दछन् ।

माघी थारु जातिको नयाँ वर्ष समेत भएकाले संस्कृतिहरूको संरक्षण तथा सम्बर्द्धन गर्दै हर्ष, खुसीका साथ मनाउँदै बन्धुत्व, एकता र सद्भाव कायम गर्न आग्रह गरेका छन् । पर्वले शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् शुभकामनामा भनिएको छ ।

प्रकाशित : १ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६