समाचार

आई.एम.ई लाईफ, जितपुर शाखाले गर्यो एम.डि.आर.टी सम्मान




कपिलवस्तु, ०१ माघ । 
आई.एम.ई लाईफ, जितपुर शाखाले एम.डि.आर.टी सम्मान गरेको छ । शाखाले एक कार्यक्रमको आयोजना गरेर एम.डि.आर.टी हुन सफल अभिकर्ता लक्ष्मी विष्टलाई सम्मान गरेको हो । केही समय अगाडि अभिकर्ता भएकि लक्ष्मी विष्टले कडा मेहनत गरेर एम.डि.आर.टी बन्न सफल भएको शाखाले जनाएको छ । 


जितपुरमा आई.एम.इ लाईफ इन्स्युरेन्स कम्पनीको शाखा खुलेको ५ वर्ष भए पनि पछिल्लो २ वर्षमा जितपुर शाखाले लगातार २ वटा एम.डि.आर.टी बनाउन सफल भएको शाखा प्रमुख गणेश कार्कीले बताए ।  शाखा प्रमुख गणेश कार्कीले जीवन बिमा क्षेत्रमा एक अनुभवी, क्रियाशील, र कुशल व्यवस्थापक हुन । 


सम्मान कार्यक्रममा प्रदेश प्रमुख प्रेम तिमिल्सेनाले जीवन बीमाको महत्त्व र उद्देश्य बारे प्रकाश पारेका थिए ।  गाउँ र दूर दराज का ठाउँहरूमा जीवन बीमाको पहुँच पुर्याउनका लागि आईएमई लाइफ इन्स्योरेन्सले अभिकर्ता विस्तार र शाखा विस्तार गरी तिनीहरूलाई पर्याप्त मात्रामा प्रशिक्षण दिइने उनले जानकारी दिए । यस्तै योग्य अभिकर्ता उत्पादन गरेर सबैलाई बीमाको दायरा मा ल्याउन आफूले पहल गरिरहेको बताए । उनले जीवन बीमा बारे आफ्नो मातहतका कर्मचारीलाई र अभिकर्ता लाई अब्बल र जानकार भएर सेवा दिन पनि अनुरोध गरे । 


सम्मान कार्यक्रममा जितपुर शाखाका प्रमुख गणेश कार्कीको अध्यक्षता तथा चन्द्रौटा शाखाकी शाखा प्रमुख माया बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बुटवल क्षेत्रका क्षेत्रिय प्रमुख राजेन्द्र पन्थी, बुटवल शाखाका प्रमुख नारायण गौतम लगायत करिब ५० जना क्रियाशील अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।

के हो एम.डि.आर.टी ?
मिलियन डलर राउन्ड टेबल हो । यो बीमा अभिकर्ताहरुको अन्तराष्ट्रिय छाता सङ्गठन हो । यो बीमा अभिकर्ता हरूको अन्तराष्ट्रिय र सर्वोच्च संगठन र निकाय हो ।  यसको मुख्य कार्यालय अमेरिकामा छ । गत वर्ष जनवरी १ देखि डिसेम्बर ३१ सम्म १ वर्षको अवधिमा अभिकर्ताले आफ्नो व्यक्तिगत कोडमा ४१,७१,५००÷– प्रथम बीमा शुल्क जम्मा गरेको अवस्थामा एम.डि.आर.टी हुन सकिने प्रावधान रहेको थियो । यसको गणना अन्तराष्ट्रिय मापदण्ड अनुसार हुने भएकोले सबै जीवन बीमा कम्पनीमा एउटै माप दण्ड हुने गर्छ । अब अर्को वर्ष हुन एम.डि.आर.टी को लागि नेपालका अभिकर्ता लागि करिब करिब ४७ लाख प्रथम बीमा शुल्क एउटै कोडबाट जारी गर्नुपर्ने हुन्छ । एम.डि.आर.टी को मापदण्ड देश अनुसार पनि फरक फरक हुने गर्छ ।

प्रकाशित : १ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६