अर्थ-वाणिज्य

बुटवलमा मोनोपोल राख्ने काम सुरु :पौडेलका बाचा पुरा हुदै



बुटवल, १ माघ ।बुटवलमा निर्माण सम्पन्न हुनै लागेको कालिकापथमा चारखुट्टे विद्युतीय पोल हटाएर मोनोपोल (सिंगल पोल) राख्ने काम सुरु भएको छ । सडकमा रहेको अहिलेको विद्युतको प्रसारण लाईनको सट्टा मोनो पोल राख्ने काम सुरु भएको हो ।अहिलेको प्रसारण लाइनको पोलले सडकको धेरै भाग ओगटेको देख्दा भद्दा र बेला बेला दुर्घटनाको समेत जोखिम बढेकोले एक खुट्टे टावर (मोनो पोल )राख्न लागिएको हो । यो पोल राखिएपछि कालिका पथ सडक थप आकर्षक र सुरक्षित हुनेछ भने सडक फराकिलो हुँदा दुर्घटनाको जोखिम समेत कम हुनेछ । निर्माण कम्पनीले मोनोपोल बनाउन सुरु गरेसँगै माटो परीक्षणको काम शनिबारदेखि सुरु भएको छ ।
नेपाल विद्युत प्राधिकरण बुटवल योगीकुटी ग्रिडका इन्जिनियरका अनुसार सूर्यप्रसाद पाण्डेका अनुसार हाल रहेका चारवटा विद्युतीय पोल हटाउने काम सुरु भएको छ । “अहिले रहेका पोलले सडकको धेरै क्षेत्रफल ओगटेको छ, जसका कारण सडक समेत साँघुरो भएको छ, कालिकापथ बिस्तार भएसँगै उक्त विद्युतीय पोलका ठाउँमा मोनोपोल निर्माण गरिने छ ।”प्राधिकरण का बुटवल ग्रिड महाशाखा प्रमुख सुरज गौतमले मोनोपल निर्माणले सडक समेत आकर्षक देखिने बताए । प्राधिकरणले यसलाई सकेसम्म छिटो हटाएर मोनोपोल राख्ने गरी काम सुरु गरेको उनले जानकारी दिए ।

एमाले उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले चुनावताका नै कालिकापथमा रहेका अहिलेका चार खुट्टे विद्युतीय पोल हटाएर मोनोपोल राख्ने वाचा गरेका थिए । बुटवलको योगीकुटीबाट मगरघाटसम्म विद्युतीय तार भूमिगत गरिने र कालिका पथमा सडकको धेरै क्षेत्राधिकार ओगटेर निर्माण गरिएका विद्युतीय पोल हटाएर त्यसका ठाउँमा मोनोपल राख्ने उनले बताएका थिए । उनको प्रतिवद्धता अनुसार अव भने विद्युतीय मोनोपोल राख्ने कामले मुर्त रुप लिन लागेको हो ।

प्रकाशित : १ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६