वाके २ माघ ।बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा माघी पर्वका अवसरमा नाचगान, विभिन्न मनोरञ्जनात्मक कार्याक्रम, झाँकीलगायतका कार्यक्रम भइरहेका छन् ।सोही अवसरमा सोमबार ‘माघी मिलन कार्यक्रम–२०८०’ गरिएको छ । थारु सांस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय केन्द्र बैजनाथ–५ छमनियाँ बाँकेद्वारा आयोजित कार्यक्रममा थारु संस्कृतिलाई जगेर्ना गर्नमा जोड दिइएको छ ।
कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले गाउँपालिकाले थारु समुदायको हक अधिकारका लागि प्रतिबद्धता रहेको जनाउँदै स्वर्गीय बैजनाथ थारुको सम्मानार्थ गाउँपालिकाले थारु सङ्ग्रहालय निर्माण गर्ने बताए ।अध्यक्ष शाहीले आफ्नो कार्यकालभित्रै गाउँपालिकामा सङ्ग्रहालय निर्माण गरेर त्यहाँ थारु कला, संस्कृतिका साथै स्वर्गीय बैजनाथ थारुको जीवनीबारे जानकारीमूलक सामग्री राखिने जानकारी दिए । नागरिक उन्मुक्ति पार्टीका जिल्ला संयोजक चन्तराम थारुले मुलुकमा प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लडाइँमा थारु समुदायको योगदान रहेको चर्चा गर्दै नयाँ वर्षका रुपमा रहेको माघी पर्व थारु समुदायको पौराणिक संस्कृतिसँग जोडिएको विशेष पर्व भएको औल्याए ।








प्रतिक्रिया