प्रदेश

विशुद्ध व्यवसायीको हितमा उद्योग बाणिज्य संघको नेतृत्व लिन तयार छुः बेलबासे



कपिलवस्तु, ०२ माघ । कपिलवस्तु उद्योग वाणिज्य संघको अधिवेशन मिति नजिकै आउँदै छ । १४ औँ बार्षिक साधारण सभा तथा सातौँ अधिवेशनबाट ७७ माघमा डोलकराम घिमिरे अध्यक्ष चयन भएका थिए । उनको ३ बर्षे कार्यकाल अब सकिँदै छ । तोकिएकै मितिमा भए संघको १५ औँ बार्षिक साधारण सभा तथा आठौँ अधिवेशन आसन्न माघ २३ गते हुने छ ।

संघको अधिवेशन मिति नजिँकिदै गर्दा अबको नेतृत्व कसको हुने भन्नेबारे चर्चा भइरहेको छ । अहिलेसम्म चर्चामा काँग्रेसबाट रुक बहादुर भुसाल छन् भने एमालेबाट मोहन न्यौपाने छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि अध्यक्षमा आकांक्षा राखिरहेका छन् । यीमध्ये अन्तिमसम्म कोको रहन्छन् भन्ने कुरा केहि दिनपछि टुङ्गिने छ । किनकि पार्टीले पनि आधिकारिक उम्मेदवार तय गरेका छैनन् ।

यो बीचमा अहिले मिडियामा चर्चामा नआएका अध्यक्षका आकांक्षी छन् गल्ला तथा हार्डवेयर ब्यवसायी टोपनारायण बेलबासे । उद्योग ब्यापार महासंघका केन्द्रिय सदस्यसमेत रहेका बेलबासे यसअघि कपिलवस्तु उद्योग बाणिज्य संघमा लामो समय काम गरिसकेका ब्यक्ति हुन् । उनै बेलबासेले आफूमा सर्वसम्मति भए संघको नेतृत्व लिन तयार रहेको बताएका छन् ।

आन्तरिक रुपमा यस अप्सनबारे छलफल भइरहेको भए पनि बेलबासेको नाम अहिले मिडियामा आएको छैन । तर धेरै ब्यवसायीको इच्छा एकपटक बेलबासेलाई नेतृत्व दिएर न्याय दिने हो कि भन्ने रहेको पाइन्छ ।

बेलबासे भन्छन् ‘सबैको साथ रहेमा उद्योग वाणिज्य संघको नेतृत्व लिन तयार छु । सबै ब्यापारी, ब्यवसायीको चाहाना एक पटक बेलबासे नेतृत्वमा पुगोस् भन्ने रहेको मैले पाएको छु । मलाई काँग्रेस, एमाले, माओवादी, स्वतन्त्र लगायतबाट पनि समर्थन र सहयोग रहन्छ जस्तो लाग्छ । संघमा चुनाव नगराएर सर्वसम्मति हुन्छ भने अर्को कमब्याक हुन तयार छु ।’

बेलबासेले थपे ‘बिभिन्न कारणले अर्को संघमा भए पनि माया उद्योग बाणिज्य संघमै छ । त्यहाँ पसिना छ । मुल्य छ । योगदान छ । सबैले आउनुहोस् भन्नुहुन्छ भने म तयार नै छु । संघ हाँक्ने अनुभव रे सक्षमता पनि छ । मलाई साथीहरुले अध्यक्ष बन्न भनिरहनुभएको छ । मेरो पक्षमा आधा बढी पूर्वअध्यक्ष र अहिलेका पदाधिकारी पनि रहेका छन्’ उनले अघि भने ।

केहि पूर्व अध्यक्ष बेलबासेलाई सर्वसममत अध्यक्ष बनाउनुपर्ने लविङमा रहेको कतिपय ब्यवसायीले बताए । बेलबासेलाई राजनैतिक आँखाबाट नहेरेर उनको योग्यता र उद्योग ब्यवसाय क्षेत्रमा गरेको योगदानको मुल्यांकनका आधारमा सबै सर्वसम्मतिमा जानुपर्नेमा कतिपय ब्यवसायी छन् ।

बेलबासेले चुनाव लडेर संस्थालाई बिगार्नेतर्फ आफ्नो सोँच नरहेकाले बताए । उनले भने ‘सर्वसम्मति भए मात्र नेतृत्व लिन तयार छु । साथीसाथीमा लड्ने भीँड्ने कार्यले संस्था बिग्रन्छ । म भए पनि नभएपनि अरु साथीहरुलाई पनि नलड्न अनुरोध गर्दछु ।’

नेतृत्वमा पुगे संघलाई नयाँ उचाइमा पुर्याउन हर प्रयास गर्ने बेलबासेले दावी गरे । यता पूर्व वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल र पूर्वकोषाध्यक्ष तथा हालका लेखा समिति संयोजक मोहन न्यौपाने एक कदम अघि बढिसकेकाले बेलबासेको पक्षमा सर्वसम्मति हुने झिनो आशा देखिन्छ । यद्यपी बेलबासेले उनीहरुलाई पनि मनाउन प्रयास गरेको बुझिन्छ ।

प्रकाशित : २ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६