अर्थ-वाणिज्य

रूपन्देही व्यापार संघमा पहिलो पटक प्यानलसहित दुई समूह मैदानमा



रुपन्देही३माघ । रुपन्देही व्यापार संघको आगामी नेतृत्वको लागि पहिलोपटक प्यानल बनाएर दुई जना चुनावी मैदानमा गएका छन् । मंगलबार उम्मेदवारी दर्ताका क्रममा डिल्लीराज भण्डारी र दिपक अधिकारी प्यानल बनाएर उम्मेदारी दर्ता गरेका हुन् ।
संघको १२ औं अधिवेशन माघ ५ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम अन्तरगत मंगलवार दुई पदबाहेक सबै पदमा दोहोरो उम्मेदवारी परेको छ । भण्डारी २०५७ सालमा संघको कार्यसमिति सदस्यदेखि सचिव, महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष भएर काम गरेका हुन् भने अधिकारी २०६६ सालमा संघले व्यापार मेला आयोजना गर्दा उपसमिति सदस्य भएर संघमा सक्रिय हुन थालेका हुन् ।नेकपा एमाले निकट व्यवसायीको बाहुल्य रहेको संस्थामा व्यवसायीहरु दुई प्यानलमा विभाजित भएर प्यानलै बनाएर चुनावमा होमिएपछि एमाले जिल्ला नेतृत्वलाई टाउको दुखाई भएको छ ।

निर्वाचन समितिका अनुसार ९ पदाधिकारीसहित २० सदस्यमा कुल ४२ जनाको उम्मेदवारी परेको हो । संघको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी र द्वितीय उपाध्यक्ष दिपक अधिकारीको उम्मेदवारी परेको छ ।यसैगरी वरिष्ठ उपाध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष प्रकाश ढकालको एकल उम्मेदवारी परेको छ । प्रथम उपाध्यक्षमा वर्तमान महासचिव दयानिधि भण्डारी र कोषाध्यक्ष ऋषिराम पाण्डेले उम्मेदवार दिएका छन् । द्वितीय उपाध्यक्षमा पे्रमनाथ पाण्डे र नामदेव पाण्डेको उम्मेदवारी परेको छ ।

महासचिवमा वर्तमान सचिव फर्सुराम पन्तको एकल उम्मेदारी परेको छ भने कोषाध्यक्षमा वर्तमान सहकोषाध्यक्ष मणि खनाल र झविन्द्र अधिकारी उम्मेदवार बनेका छन् । उता सचिवमा मनहरि बस्याल र मनिमदिन मिया, सहसचिवमा प्रकाश पौडेल र मेघनाथ पौडेल तथा सहकोषाध्यक्षमा अर्जुन भट्टराई र विनित भट्टराई उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक अधिवक्ता लेखनाथ ढकालले बताए ।

कार्य समितिको २० सदस्य पदमा ३६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार सदस्यमा अशोक ज्ञवाली, इश्वरा देवकोटा, केदारनाथ नेपाल, गकुल ज्ञवाली, गोकर्णराज गिरी, गोविन्दप्रसाद चापागाई, घनश्याम भुसाल, जयलाल न्यौपाने, जीवनारायण घिमिरे, जीवलाल पौडेल ९जीवन०, टेकराज पन्थी, ठाकुरप्रसाद आचार्य, तेजेन्द्र सापकोटा, दिपककुमार श्रेष्ठ, न्यामत दिन मिया, नलराज नेपाल, नामदेव न्यौपाने, नारायण बस्याल, पिताम्बर अर्याल, बाबुराम खनाल, बाबुलाल पाण्डे, बालकृष्ण बस्याल, बिष्णुप्रसाद पाण्डेय, बृन्दा भट्टराई आचार्य, माधवप्रसाद ज्ञवाली, मुरारीराज भण्डारी, मोहनलाल पाण्डे, राजु श्रेष्ठ, रितेश ज्ञवाली, शंकर पोखरेल, शोभाकुमारी क्षेत्री जोशी, हरिबहादुर गहतराजको उम्मेदवारी परेको छ । त्यसैगरी फर्साटिकर शाखाबाट तिलक आचार्य, सम्वद्ध संस्थाबाट हरिबहादुर सुनार, सालझण्डी शाखाबाट कुलबहादुर विसी र सेमलार शाखाबाट पूर्णप्रसाद काफ्लेको एकल उम्मेदवारी दर्ता भएको छ । यसपटक सदस्यमा धेरै नयाँ अनुहारहरुले उम्मेदवारी दिएका छन् ।संघको २२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन माघ ५ गते हुन गैरहेको छ । संघको अधिवेशनले आगामी २ बर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले बताए ।

निर्वाचन कार्यक्रम अनुसार बुधवार ३ र ४ गते उम्मेदवारीमाथि दावी विरोध तथा मनोनयन फिर्ताको समय तोकिएको एवम् उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ । निर्वाचनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहकोषाध्यक्ष, सहसचिव र सदस्य २० जना निर्वाचित हुने छन् अहिलेको अधिवेशनका क्रममा यहाँका पूर्वअध्यक्षहरु पनि दुई खेमामा बाँडिएका छन् । अधिकांश पूर्वअध्यक्षहरु भण्डारीलाई बनाउने पक्षमा रहेपनि संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, पूर्वअध्यक्ष मोती पाण्डे वर्तमान अध्यक्ष कृष्ण घिमिरे अधिकारीलाई बनाउने गरी लागेको आंकलन व्यवसायीले सुनाएका छन् । एमाले नेताहरुले निर्विरोध बनाउन निर्देशन दिएपनि दुवै समूह मैदानमा पुगिसकेकाले चुनौती भएको बताउँछन् ।

प्रकाशित : ३ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६