प्रदेश

लुम्बिनी प्रदेशको यातायातसम्बन्धी समस्या समाधानबारे सिंहदरबारमा छलफल



कपिलवस्तु, ०३ माघ । लुम्बिनी प्रदेशको यातायातसम्बन्धी समस्या समाधानबारे सिंहदरबारमा छलफल भएको छ । लुम्बिनी प्रदेशका लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राणाले संघीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासँग छलफल गरेका हुन् ।

छलफलका क्रममा तत्काल चालक अनुमति पत्र सहज रूपमा तत्काल दिनेबारेमा केन्द्रित भएर छलफल भएको राणाले जानकारी दिए । उनले लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री राणाले प्रदेशभित्र चालक अनुमति पत्र छपाइ प्रदेशलाई नै दिन केन्द्र सरकारसँग आग्रह गरे ।

सो क्रममा मन्त्री ज्वालाले लुम्बिनी प्रदेशका मन्त्री राणाले उठाएको विषयबारे आफू सकारात्मक रहेको बताए। मन्त्री ज्वालाले चालक अनुमति पत्र छपाइ र सहज रूपमा सेवाग्राहीलाई उपलब्ध गराउन कसरी सकिन्छ भनेर सात प्रदेशका यातायात मन्त्रीहरूलाई बोलाएर छलफल गरेर ठोस निर्णय गर्ने समेत बताएका छन् ।

यसअघि मन्त्री राणाले आफ्नो प्रदेशभित्र चालक अनुमतिपत्र लिने क्रममा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने निर्णय गराएका थिए । यस्तै झोलामा ट्रायल सेन्टर बोकेर हिँड्नेलाई कानुनी दायरामा ल्याउन पनि उनले पहलकदमी लिएका छन् ।

प्रकाशित : ३ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६