प्रदेश

डा. लामा र युन सुङबिच लुम्बिनीको विकासमा सहकार्य गर्नेबारे छलफल



बुटवल, ०३ माघ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष युन सुङबिच लुम्बिनीको विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । उपाध्यक्ष डा. लामा र सुङबिच भएको भेटवार्तामा शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य गर्ने, चिनियाँ पर्यटकलाई लुम्बिनीमा बढीभन्दा बढी ल्याउने लगायतका विषयमा छलफल भएको हो ।

भेटमा उपाध्यक्ष डा. लामाले चीन र नेपालबिचको सम्बन्ध भगवान् बुद्धले थप नजिक बनाएको बताउँदै लुम्बिनीमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए । चीनमा बुद्धका अनुयायीहरू धेरै रहेकाले बुद्धजन्मस्थलमा ल्याउने वातावरणका लागि पहल गरिदिन उपाध्यक्ष डा. लामाले आग्रह गरे ।

भेटमा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष सुङले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले बुद्ध जन्मस्थल चिनियाँहरूका लागि पवित्र स्थल रहेकाले यसको प्रचार प्रसार गर्ने बताए ।

भेटमा दुई देशबिचको साझेदारी, लुम्बिनीको विकास संरक्षण र संवर्द्धनलगायतका विषयमा पनि छलफल भएको थियो । लुम्बिनी भ्रमणमा रहेका उपाध्यक्ष युन सुङको टोलीमा करिब ४० जना भिक्षु,भिक्षुणी सहभागी छन् ।

प्रकाशित : ३ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६