प्रदेश

बाणगंगा यातायात ब्यवसायी समितिले गरिब दुःखीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने



कपिलवस्तु, ०४ माघ । बाणगंगा यातायात ब्यवसायी समितिमा स्वागत तथा सम्मान कार्यक्रम समन्न भएको छ । समितिको कार्यसमिति, सल्लाहकार, मानार्थ सदस्य, संस्थापक सदस्यहरु सहितको बृहत बैठक एंव स्वागत, सम्मान तथा ब्रुशर बिमोचन कार्यक्रम सम्पन्न भएको हो । समितिको १७ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनमा लक्ष्मण भुसालको नेतृत्वमा सर्वसम्मत निर्वाचित कार्यसमितिले सल्लाहकार, मानार्थ सदस्य र संस्थापक सदस्यमा विधान बमोजिम मनोनित गरी पु¥याएको योगदानको उच्च सम्मान गर्दै मनोनित प्रमाण पत्र सहित दोसल्ला ओडाएर स्वागत तथा सम्मान गरिएको अध्यक्ष लक्ष्मण भुसालले जानकारि दिए । मनोनित हुने सल्लाहकारहरुमा रामजी प्रसाद श्रेष्ठ, अर्जुन प्रसाद खरेल, प्रेम नारायण पोख्रेल, विष्णु प्रसाद पौडेल, कपिलदेव खनाल, दिनेश कुमार श्रेष्ठ गोपाल भट्टराई प्रेस सल्लाहकार कृष्ण प्रसाद पौडेल, कानुनी सल्लाहकार हुमनाथ पाण्डे रहेका छन् ।

त्यसै गरि मानार्थ सदस्यहरूमा अल्ताफुर्रहमान खाँ, अर्जुन बहादुर पाण्डे , शंकर बहादुर के.सी., रमेशचन्द्र भुसाल, देवी प्रसाद कंडेल, कृष्ण प्रसाद पोख्रेल, दिलिप कुमार कार्कि, दिपक श्रीष रहेका छन् । यस्तै संस्थापक सदस्यहरूमा चन्द्रकान्त ज्ञवाली, भिमकान्त भट्टराई, सुन्दर कार्की, देवी प्रसाद पौडेल, धन बहादुर सेन रहेका छन । त्यसै गरि समितिको पहिचान झल्कने गरी संस्थाको परिचय, उद्देश्यहरु, संस्थाको वर्तमान आर्थिक स्थिति, मुल्य मान्यता, संस्थाले प्रदान गर्न सक्ने सेवा सुबिधा सहितको ठूला तथा साना गाडी व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० सहितको प्रावधानहरुलाई समेटी तयार पारिएको बु्रशर संस्थाका संस्थापक अध्यक्ष रामहरि नेपालले गरेका थिए ।

समितिका पूर्व बरिष्ट उपाध्यक्ष स्व. ढुण्डिराम पन्तको जटिल प्रकृतिको क्यान्सर रोगबाट निधन भएको स्मृतिमा पूर्व निर्णय बमोजिम सोही समयमा उपचार खर्च स्वरुप रु. ५१ हजार रुपैँया उपलब्ध गराई सकिएको र हाल ५० हजारको “ढुण्डिराम पन्त स्मृति” नामक अक्षयकोष स्थापना गरी गरिब तथा असहाय यातायात व्यवसायी वा मजदुर वा तिनका आश्रित परिवारलाई सल्लाहकार समितिले सिफारिस गरे बमोजिम उक्त रु. ५० हजार सहयोग गर्ने निर्णय गरेको अध्यक्ष भुसालले जानकारि दिए । समितिको एम्बुलेन्स समाजमा रहेका गरिब तथा विपन्न वर्ग वा एम्बुलेन्स भाडा तिर्न नसक्ने वर्गको लागि आकस्मिक रुपमा घट्ने घटनाहरुमा निःशुल्क रुपमा सेवा दिने अध्यक्ष भुसालले जानकारी दिए । समितिको सामाजिक उत्तर दायित्व अन्तरगत गरिब दुःखीलाई एम्बुलेन्स सेवा प्रदान गरिएको थियो । यस्तै संस्थामा आवद्ध व्यवसायी भिमकान्त भट्टराईलाई जटिल खालको रोग (क्यान्सर) को उपचार गराउनु पर्ने भएकोले उपचारको लागि रु. १ लाखको चेक हस्तान्तरण गरी उपचार सहयोग गरेको महासचिव कमल क्षेत्रील जानकारी दिए ।

साथै समितिले सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। यस्तै समितिमा आवद्ध व्यवसायी स्व. कृष्ण खरेलको जटिल रोग (क्यान्सर) बाट निधन भएकोले परिवारलाई रु. १ लाख राहत सहयोग गर्ने निर्णय गरेको छ । समितिका पुर्ब अध्यक्ष स्वतः सल्लाहकार समितिमा रहने प्रावधान अनुसार संस्थापक अध्यक्ष र निवर्तमान अध्यक्ष पदेन कार्यसमिति सदस्य हुने प्रावधान भएको तर अन्य पूर्व अध्यक्षहरुको बारेमा स्पष्ट प्रावधान नभएको अवस्थामा विधानमा संशोधन गरी पूर्व अध्यक्षहरु स्वतः सल्लाहकार समितिमा रहने प्रावधानको व्यवस्था गर्ने निर्णय गरिएको महासचिव क्षेत्रीले जानकारी दिए । कार्यक्रममा संस्थापक अध्यक्ष रामहरि नेपाल, निवर्तमान अध्यक्ष विष्णु प्रसाद न्यौपाने, वर्तमान अध्यक्ष लक्ष्मण भुसाल, महासचिव कमल बहादुर क्षेत्रीले सल्लाहकारहरु, मानार्थ सदस्यहरु र संस्थापक सदस्यहरुलाई दोसल्ला ओढाएर प्रमाण पत्र सहित कार्यक्रममा स्वागत तथा सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा सल्लाहकारहरूले शुभकामना मन्तव्य सहित वर्तमान कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए । संस्थापक सदस्यहरु सहितको भेटघाट तथा मिलन कार्यक्रम गरी भेटघाट हुने अवसर दिईएकोमा आयोजक वर्तमान कार्यसमितिलाई धन्यवाद प्रकट गरेका थिए। उक्त कार्यक्रम वर्तमान कार्यसमिति पदाधिकारीहरु, वरिष्ट उपाध्यक्ष, उपाध्यक्षहरु, सचिव, कोषाध्यक्ष, कार्यसमिति सदस्यहरु लगायत कर्मचारीहरु समेतको सहभागिता रहेको थियोे । कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष लक्ष्मण भुसालले गरेकाथिए भने कार्यक्रमको संचालन महासचिब कमल बहादुर क्षेत्रीले गरेका थिए ।

प्रकाशित : ४ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६