देश

बागलुङमा एक युवाले दुर्गा प्रसाईंमाथि मुक्का हाने, तत्कालै पक्राउ



बागलुङ, ०४ माघ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा एक युवाले मुक्का हानेर हातपातको प्रयास गरेका छन्।हातमा कागज बोकेका युवाले छातीमा सोझ्याएर मुड्की हाने पनि प्रसाईंले हातले रोकेको भिडियो अहिले सार्वजिनक भएको छ। उनलाई हातपातको प्रयास भए पनि थप घटना भने हुन नपाएको बागलुङ प्रहरीले जनाएको छ।

‘प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानु भनी देशका विभिन्न क्षेत्रमा कार्यक्रम गर्दै हिँड्ने क्रममा उनी आज बागलुङ पुगेका थिए। कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बीचैमा उनीमाथि युवाले हातपात प्रयास गरेका थिए।

सो क्रममा प्रसाईंले रोकेका र ती युवाको हातबाट कागजको पाना झरेको छ। त्यो कागजमा के लेखिएको छ भन्ने सार्वजनिक भएको छैन।

बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले उनीमाथि हातपातको प्रयास भएको र त्यसरी हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका ७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरिएको जानकारी दिए।

उनले अहिले घटनाको अनुसन्धान जारी रहेको बताए। प्रहरीले तत्काल नदेखेका कारण सार्वजनिक भएका भिडियोको अनुसन्धान भइरहेको र दुबै पक्षबाट बयान लिनसमेत बाँकी रहेको डिएसपी केसीले बताए। घटना बागलुङ बजारको लोकतान्त्रिक चोकमा अपराह्न २ बजेतिर भएको हो।

प्रकाशित : ४ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६