प्रदेश

माघ १९ गते लामिछाने कपिलवस्तु आउने



कपिलवस्तु, ०४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माघ १९ गते कपिलवस्तु आउने भएका छन् । देशब्यापी भ्रमणमा रहेका पार्टी सभापति लामिछाने बाणगंगामा हुने आम सभालाई सम्बोधन गर्न कपिलवस्तु आउने भएका हुन् ।
सभापति लामिछानेसंगै सांसद सुमना श्रेष्ठ लगायतका नेताहरु कार्यक्रममा सहभागि हुने जनाइएको छ ।

लामिछाने यसअघि कपिलवस्तु आउने कार्यक्रम भए पनि अन्तिममा स्थगित भएको थियो । त्यस्तो अपर्झट केहि काम नपरेको खण्डमा रविको लागि १९ गतेको कार्यक्रम तय भइसकेको ती नेताले जानकारी दिए । मुलुकको वर्तमान स्थिति, पार्टीको गतिविधि र आफूबारे उठेका प्रश्नबारे लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा नगर कमिटीको सार्वजनीकिरण कार्यक्रम पनि राखिएको बताइएको छ । सभापति लामिछाने आउने कार्यक्रमलाई सफल बनाउने गरी लाग्न नेता कार्यकर्तालाई जिल्ला कमिटिले आग्रह गरेको छ ।

प्रकाशित : ४ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६