प्रदेश

व्यवसायीक पलायन रोक्नुपर्छः सचिव अर्याल




कपिलवस्तु, ०४ माघ ।
नेकपा (एमाले) सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पदमा कुमारी अर्यालले व्यवसायीक क्षेत्र तहसनहस भएको बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम अधिवशेनलाई सम्बोधन गर्दै अर्यालले दिन प्रतिदिन व्यवसायीहरु पलायन भईरहेको बताउनुभयो । करिव आधा व्यवसायीहरु बन्द अवस्थामा रहेको बताउँदै ती व्यवसायीहरुको हितमा नेपाल उद्योग तथा व्यवसायी महासंघले कार्य गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) को मुल नारा सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना पुरा गर्न उद्योगी तथा व्यवसायीहरु एकजुट हुन आवश्यक रहेको बताउनुभयो । देशको मुख्य आयस्रोत नै राजश्व भएकाले राजश्व संकलनका लागि उद्योगी व्यवसायीहरुको व्यवसाय स्वत स्फुर्त रुपमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रिय सचिव बालाराम भट्राई, लुम्बिनी प्रदेश अध्यक्ष माधव प्रसाद नेपाल लगायतले बोल्दै बर्तमान अवस्थामा व्यवसायीहरु धरासयी भएको अवस्थामा बैंकहरुले ब्याजदर घटाई उद्योगी व्यवयसायीहरुलाई सहजिकरण गर्न आवश्यक रहेको बताउनुभयो । राज्यले पनि उद्योगी व्यवसायीहरुको हितमा नीति ल्याउननु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) केन्द्रिय सदस्य तथा प्रदेश सांसद गिरधारीलाल न्यौपाने, केन्द्रिय सदस्य तथा संघीय सांसद बलराम अधिकारी, लुम्बिनी प्रदेश सभा सांसद बिष्णु पन्थी, पार्टी लेम्बिनी प्रदेश कमिटी सदस्य धनु अधिकारी, पार्टीका नेता द्रोणराज सुवेदी, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्याल, उप प्रमुख रीता कुमारी चौधरी लगायतको आतिथ्यता, पार्टीका नेता तथा कार्यकर्ता, विभिन्न जनवर्गीय संगठनका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलको अध्यक्षता, उपाध्यक्ष कृष्ण गैरेको स्वागत मन्तब्य तथा महासंघका केन्द्रिय सदस्य तथा जिल्ला सचिव कुशल पौडेलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम अधिवशेनबाट रबिन्द्र पौडेलको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण गैरे र बिष्णु पाण्डे, सचिवमा दिपक सापकोटा, उप सचिवमा मनु रसाईली र बालिका बुढाथोकी, कोषाध्यक्षमा धुर्व भुसाल, सहकोषाध्यक्षमा शान्ता अधिकारी सर्वसम्मत चयन हुनुभएको छ भने अन्य सदस्यमा रहनुभएको छ ।

नवगठित कमिटीका अध्यक्ष पौडेलले अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सम्पुर्णमा धन्यवाद दिंदै संगठनलाई चुस्त दु्रस्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित : ४ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६