अर्थ-वाणिज्य

आजबाट सुरुङ खन्ने काम औपचारिक रूपमा सुरु



बुटवल ४ माघ। सिद्धार्थ राजमार्गअन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम सुरु भएको छ ।नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सिद्धबाबामा आजबाट सुरुङ खन्ने काम औपचारिकरूपमा सुरु भएको जानकारी गराएका छन् । यो परियोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन ९सीएससीईसी० ले पाएको छ ।
यहाँ कुल १ हजार १ सय २६ मिटर लामो सुरुङ बन्ने छ । यसबाहेक बुटवल र पाल्पातर्फको ७ सय ८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सनसहित संरचना गरी कुल २।५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ । यो निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको कामसमेत गरिदिनुपर्ने सर्त छ । यो सडकखण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायात साधन चल्ने गर्छन् । हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्‍याएसँगै सरकारले यहाँ सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेको थियो ।

कस्तो बन्दैछ सुरुङ ?

आयोजनाका अनुसार त्यहाँ बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ । सडकको माथिल्लो भागमा सुरक्षा संरचना बनाइने छ । यसले सडक माथिबाट खस्ने ढुंगा सिधै तल झार्ने छ । यसरी कुल तीन किलोमिटर सडक सुरक्षित गराउने योजना छ ।

सुरुङमार्गका तीन स्थानमा खुला ठाउँ राखिने छ । आकस्मिक घटना भइहाले सोही स्थानबाट उद्धारको काम हुनेछ । सुरुङमार्ग निर्माण गर्न १६ पुसबाट सिद्धार्थ राजमार्गसमेत ६ घण्टा बन्द गरिएको छ । यहाँ सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल तथा स्लोपको काम गर्दा सडक साँघुरो हुने भएपछि बाटो बन्द गरी काम थालिएको आयोजनाको भनाइ छ ।

प्रकाशित : ४ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६