अर्थ-वाणिज्य

एमाले लुम्विनीको निर्णय : माघ प्रशिक्षण, फागुन -जेठ अधिबेशन महिना




कपिलवस्तु ५ माघ । कपिलवस्तुको प्राचिन धाम नन्दनगरमा बसेको एमाले लुम्विनी प्रदेशको सचिवालय बैठकले माघ देखि जेठ सम्म ब्यस्त कार्यतालिका निर्माण गरेकोछ । जस अनुसार माघ महिना प्रशिक्षणको महिना हुनेछ भने फागुन -जेठ अधिबेशनको महिना हुनेछ ।नेकपा एमालेले लुम्बिनीका सबै जिल्लाहरुको अधिवेशन फागुन महिनादेखि जेठसम्म गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश कमिटीको बिहीबार कपिलवस्तुको वाणगंगा २ नन्दनगरमा बसेको पहिलो सचिवालय बैठकले जेठ महिनासम्म सबै जिल्लाको अधिवेशन गर्ने र २०८० सम्मलाई सदस्यता नवीकरण गर्ने समय राख्ने निर्णय गरेको अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।बैठकले प्रदेश सल्लाहकार चयन, जेष्ठ कम्युनिष्ट मन्चको गठन र ३१ वटा विभागलाई पूर्णता दिएको र त्यो प्रस्ताव माघ १४ गते बस्ने पूर्ण बैठकले पास गरेपछि सार्वजनिक हुने उनले जनाएका छन् ।सचिवालय बैठकले माघभित्र सबै जिल्ला तहका र फागुनभित्र पालिका तहका प्रशिक्षण कार्यक्रम सकाउने र फागुनदेखि जिल्ला अधिवेशन थाल्ने र जेठसम्म पूरा गरिने र आशन्न राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका उम्मेदार जिताउने रणनीतिका साथ लाग्ने निर्णय भएको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले निर्धारित समय तालिकामा पार्टीका सबै तहका कमिटीले कार्यसम्पादन पूरा गरेर नमुना प्रदेश बनाउने गरी लाग्न निर्देशन गरिन् ।उनले सदस्यता नवीकरण, सबै तहका कमिटीलाई क्रियाशील बनाउँदै पार्टी केन्द्रले बनाएको रणनीतिअनुसार जिल्ला र स्थानीय तहको नेतृत्वसँग समन्वय गरेर जान आग्रह गरेकी थिइन् । बैठकमा पोलिटब्यूरो सदस्यहरु लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, खेममान खड्का, नरुलाल चौधरी, ठाकुर गैरे केन्द्रीय सदस्य गिरीलाल न्यौपानेलगायतले धारणा राखेका थिए ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६