प्रदेश

लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा गिता अन्जान नियुक्त



कपिलवस्तु, ०५ माघ । लुम्बिनी प्रदेश योजना आयोगको महिला सदस्यमा कपिलवस्तुकी गीता अन्जान केसी नियुक्त भएकी छन् ।शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले केसीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।

केसी नियुक्त भएपछि योजना आयोगले पूर्णता पाएको छ । उपाध्यक्षसहित चार सदस्यीय रहेको योजना आयोग उपाध्यक्षमा डा नहकुल केसी र अन्य दुई सदस्य यसअघि नै नियुक्त भइसकेका छन् ।बैठकले विशेष अनुदान कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । समयानुकूल गराउन कार्य विधि संशोधन गरिएको पाण्डेयले बताए ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६