कपिलवस्तु माघ ५ गते । नेकपा एमाले कपिलवस्तुले जिल्ला तहका नेतालाई प्रशिक्षण दिएको छ । केन्द्रीय स्कुल विभागको सहजीकरणमा जिल्ला सचिवालयका सदस्यलाई ३ दिने प्रशिक्षण प्रदान गर्न शुरु गरेको छ । होटल संगम प्यालेस गोरुसिंगेमा माघ ५-७ मा चल्ने प्रशिक्षणमा ६० जना जिल्ला नेता हरु सहभागी भएका छन ।
प्रशिक्षणको उद्घाटन समारोहमा बोल्दै एमाले केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले नेता कार्यकतालाई नयाँ ज्ञान र सिप प्रदान गर्न प्रशिक्षण आयोजना गरिएको बताउनु भयो । अर्को वर्ष देखी पार्टीका सबै नेता तथा कार्यकर्तालाई प्रशिक्षण अनिवार्य गर्ने समेत बताउनु भयो । वडा सदस्य देखी, प्रतिनिधि सभा सदस्य तथा राजनैतिक नियुक्तीको लागि समेत स्कुलिङ अनिवार्य रहेको बताउनु भयो । उहाँले पछिल्ला दिनमा नेता कार्यकतालाई आधारभूत तह, माध्यमीक तह र अनुसन्धनात्मक तहको प्रशिक्षण गरी परिक्षा समेत लिइने बताउनु भयो ।
नेता ज्ञवालीले अहिलेको सरकार मल्टीपल अर्गान फेलियर भएको बताउनु भयो । राष्ट्रियतामा एक पछि अर्को चुनौती खडा हुँदै छ । अर्थतन्त्र लथालिङ्ग छ । हरेक गृहणीलाई थाहा भान्सामा कती पकाउन सकिन्छ? हरेक युवालाई थाहा हिजो रेष्टुरेन्टमा गएर कती खर्च गर्न सकिन्थ्यो ? आज कती खर्च गर्न सकिन्छ । गाडी चढ्नेलाई थाहा छ । फुल टयांक गर्न कती गारो छ ? उद्योग व्यवसाय आधा पनि चलेको छैन । देश लथालिंग भएको टिप्पणी गर्नु भयो ।
कार्यक्रममा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले देशको विकासको लागि एमाले बाहेक अन्य विकल्प नरहेको बताउनु भएको थियो । कार्यक्रममा एमालेका युवा नेता खिमलाल भट्टराई, वृजेश कुमार गुप्त, बलराम अधिकारी, गिरिधारीलाल न्यौपाने, शुशिल श्रीवात्सव, सराज अहमद फारुकी, विष्णु पन्थी लगायतको प्रशिक्षणमा सहभागिता रहेको थियो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले प्रशिक्षण पछि कार्यकर्तामा नया उत्साह थपिने विश्वास गर्नु भएको छ । कार्यक्रमको स्वागत एमाले जिल्ला उपाध्यक्ष विश्राम चौधरी, संचालन सचिव सिवी गहतराजले गर्नु भएको थियो ।
५ माघ २०८०, शुक्रबार








प्रतिक्रिया