अर्थ-वाणिज्य

किसान ट्रयाक्टरको अध्यक्षमा योगीको उमेद्वारी : सर्बसहमत निर्वाचित हुने संभावना



कपिलवस्तु ५ माघ । नेपाल किसान ट्रयाक्टर समितिको अध्यक्षमा व्यवसायी मनोहर कुमार योगीले उम्मेद्वारी घोषणा गर्नुभएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ८ पुल्चोक स्थित नेपाल किसान ट्रयाक्टर समितिको नवौं अधिवेशन नजिकिरहदा नेतृत्वका लागि योगीले उम्मेद्वारी घोषणा गर्नुभएको हो । समितिको यहि माघ ६ गते नवौं अधिवेशन हुन गईरहेको छ । समितिका पुर्व उपाध्यक्ष समेत रहनुभएका योगी यस अघिको अधिवेशनमा अध्यक्षका उम्मेद्वार हुनुहुन्थयो । ७ मतको अन्तरले उहा उपविजेता बन्नु भएको थियो । त्यतिबेला एमालेका केहि ब्यावसायी र कांग्रेस निकटका ब्यवसायी बीच अर्काे मोर्चा तयार ह’दा योगी पराजित हुनु भएको हो ।

यसपाली एमाले समर्थित ब्यवसायी एक ढिक्का हुनु र कांग्रेस निकटका ब्यवासायी बरिष्ट उपाध्यक्ष र महासचिव पद लिएर सर्बसहमतिमा आउन अनौपाचारीक रुपमा तयार हुनुले किसान टयाक्टरमा सहमतिको राजनीति शुरु हुन लागेको आकलन गरिएको छ । समग्र ट्रयाक्टर व्यवसायीहरुको हक हितका लागि नेतृत्व गर्न आफु उम्मेद्वार रहेको योगीले बताउनुभयो ।
अध्यक्षमा योगीको उम्मेद्वारी रहेसंगै ३ सय ५ नियमित ट्रयाक्टर धनी मध्ये अधिकांश ट्रयाक्टर धनी उत्साहित भएका छन् । कपिलवस्तुको बाणगंंगा ११ ओदारी निवासी योगी हाल समितिको सल्लाहकार हुनुहुन्छ । उहाँले ट्रयाक्टर व्यवसायीको हक हित र संरक्षणका लागि काम गर्न सक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।पुर्व उपाध्यक्ष, हाल सल्लाहकारको जिम्मेवारी कुशलता पुर्वक पुरा गरेको र संस्थागत नेृतत्व गर्न सक्ने क्षमता भएकाले योगीले समितिको नेतृत्व गर्न सक्ने व्यवसायीले बताएका छन् ।

विगतमा पनि व्यवसायीलाई परेका समस्या र अप्ठ्यारोमा निरन्तर साथ दिएका योगी नेतृत्वमा आउनु हामी सबै व्यवसायीको लागि गर्वको कुरा हो’ एक ट्रयाक्टर व्यवसायीले भने ।उहाँले व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर विगतमा पनि कार्य गरेको र सबै व्यवसायीलाई समावेश गर्दै संस्थालाई उचो बनाउने गरि अध्यक्षको जिम्मेवारी पनि उत्तिकै कुशलता पुर्वक पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाँलाई नेकपा (एमाले) निकटको उद्योग ब्यावासयी संगठनले अध्यक्षको उम्मेद्वार बनाउने सर्बसहमत निर्णय गरेको बताइएको छ ।

यसैबिच केहि समय अघि सम्म अध्यक्षको दावि गर्न‘ भएका एमाले समर्थित हाल समितिका महासचिव झविन्द्र खनालले योगीलाई समर्थन गर्नुभएको छ ।त्यसो त कांग्रेस निकटका ब्यवासायीहरु समेत योगीलाई सर्बसहमत अध्यक्ष बनाउन आन्तरीक रुपमा तयार भएको वताइन्छ । नेपाल किसान ट्रयाक्टर समिति जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका वि.स. २०५६ जेठ १४ गर्ने दर्ता भएको संस्था हो भने नेपाल ट्रयाक्टर महासंघमा वि.स. २०६६ बैशाख ९ गते आवद्ध भएको थियो ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६