अर्थ-वाणिज्य

संघीयताको मर्म भनेकै भाषा कला संस्कृतिको पहिचान र संरक्षण हो :मुख्यमन्त्री चौधरी



दाङ ६ माघ ।  लुम्बिनी प्रदेश सरकारले माघ मिलन कार्यक्रम सम्पन्न गरेको छ।लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा गृहमन्त्रालयले एक  भव्य कार्यक्रम गरेर माघ मिलन कार्यक्रम गरेको हो । गृहमन्त्री सन्तोष कुमार पाण्डेको अध्यक्षता एवम् मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री चौधरीले संघीयताको मर्म भनेकै कला संस्कृतिको पहिचान र संरक्षण रहेको बताएका छन् ।  उनले माघ थारुहरुको नयाँ वर्ष भएको र यसले मेलमिलापको सन्देश समेत दिने बताए । यसका साथै उनले संघीयता कार्यान्वयनलाई नयाँ उचाईमा पुर्‍याउन प्रदेशबाट त्यसको सुरुवात भएको पनि बताए।प्रदेशलाई अधिकार दिन केन्द्र सरकार तयार हुनुपर्ने उनले बताए। ‘संघीयता कार्यान्वयनको लागि अधिकार दिन कन्जुस्याइँ गरिनु हुँदैन। केन्द्र सरकारले अधिकार प्रत्यायोजन गर्नै पर्छ,’ उनले भने,‘संघीयतामा विकासको प्रतिस्पर्धा हुनुपर्छ। हामी विकासमा प्रतिस्पर्धा गर्न तयार छौँ।’प्रदेश गृह मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सभामुख तुलाराम घर्ती मगर, निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता लिला गिरीलगायत मन्त्री, प्रदेश सभा सदस्य, सुरक्षा अधिकारीहरु तथा सरोकार राख्ने निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो। माघ मिलन कार्यक्रमलाई उत्सवमय बनाउन थारु, मगर समुदायको झाँकी प्रस्तुत गरिएको थियो ।

प्रकाशित : ६ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६