अर्थ-वाणिज्य

स्थानीय सरकारको उपहार : एउटा वार्डमा ५० किशोरीलाइ साइकल



कपिलवस्तु ६ माघ ।स्थानीय सरकारको उपहारले चाहेको खण्डमा एउटा वार्डमा एक बर्ष मै ५० किशोरीलाई साइकल दिन सक्छ भन्ने प्रमाणिात भएको छ ।छोरीलाइ पढाऔं छोरीलाइ अगाडि बढाऔं भन्ने उदेश्य साथ शिवराज नगरपालिका वडा नम्बर ३ का भितरिया र मैनार बुलकिया गाउँका किशोरी विद्यार्थीहरुलाइ साइकल बितरण गरिएको छ । छोरिलाइ शिक्षाको क्षेत्रमामा अग्रसर बनाउनका लागि साइकल बितरण गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनु भयो । वडाका भितरिया मैनार र बुलाकी गरि तीन गाउँका ५० किशोरी विद्यार्थी हरुलाइ ४ लाख बराबरको ५० थान साइकल बितरण गरिएको हो । गाउँबाट बिद्यालय टाढा भएका कारण बिद्यालय आउन जानको लागि सवारी साधनको अभावका कारण समयमा बिद्यालयमा पुग्न समस्या भएको र किशोरीहरु शिक्षा बाट बन्चित नहुन भन्ने उदेश्यका साथ वडाको बार्सिक कार्यक्रम अन्तगतको रकम बाट साइकल बितरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रम लाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका उपप्रमुख शिव कुमारी थारुले आजकल प्राय किशोरिहरुले बिच मै बिद्यालय छोड्ने प्रवृत्ति रहेकाले लक्षित बर्गका किशोरहरुलाइ बिचमै पढाई नछाड्न आग्रह गर्दै उच्च शैक्षिक सफलताको शुभकामना अर्पण गर्नु भयो ।
कार्यक्रममा शिवराज नगरपालिका योजना शाखा प्रमुख डिल्लीराज भट्टराईले यस बर्ष सिमित स्रोत साधनका बाबजुद पनि ३ वटा गाउँलाई समेटिको र अन्य गाउँका किशोरी लाई समेत बितरण गरिने बताउनु भयो । बिकट र दुर्गम गाउँमा भएता पनि अवसर प्राप्त गर्नु भएकोले किशोरीहरु शिक्षामा संबेदनसिल भइ लाग्न उहाँले आग्रह गर्नु भयो ।
कार्यक्रमलाई चन्द्रौटा उधोग बाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डेय, समाजसेवी राम लाल काफ्ले , गगाधर भट्टराई लगाएतले सम्बोधन गर्नु भएको थियोे

प्रकाशित : ६ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६