अर्थ-वाणिज्य

कपिलवस्तु उद्योग बाणिज्य संघको नेतृत्व पहिलो पटक दोश्रो पुस्ताले लिने : न्यौपाने अध्यक्ष बन्ने बलियो आधार तयार



कपिलवस्तु ७ माघ । कपिलवस्तु उद्योग बाणिज्य संघको माघ २३ मा हुने अधिबेशनबाट दोस्रो पुस्ताका युवा ब्याबसायीले पहिलो पटक नेतृत्व लिने संभावना बढेको छ ।चुनाब भएको खण्डमा जितेर सहमति भएकोमा मिलेर नेतृत्वमा पुग्ने गरि युवा ब्यवसायी मोहन न्यौपाने शसक्त रुपमा अघि बढेपछी नेतृत्व दोश्रो पुस्तालाई हस्तान्तरण हुने सम्भावना बलियो बन्दै गएको छ । सबै वार्डहरुमा पुगेर हरेक मतदाताको मत बिस्लेशेन पछी चुनाव भएमा फराकिलो अन्तरले जित्ने आधार सहित न्योपानेले नेतृत्व दाबी गरेका हुन । माघ २३ गते हुने संघको अधिवेशनमा अध्यक्षका आकांक्षीहरुको नाम बाहिर आउँदै गर्दा भएका छलफल र विश्लेषणबाट न्यौपाने अध्यक्ष बन्ने सम्भावना बढ्दै गएको हो । एमाले समर्थित गुणानिधि भुसालले आफू ब्याक भएर न्यौपानेलाइ अघि सारेपछी एमाले बृतका एकमात्र उमेदवार बन्नु नै उनको पहिलो जित हो ।

न्यौपानको पक्षमा अधिकांस पूर्वअध्यक्षहरु सकारात्मक रहेको पुर्ब अध्यक्ष उमनाथ पौडेलको भनाइ छ । उहाले राजनिती मा युवा चहिने ? ब्याबसायिक र सामाजिक सस्थामा युवालाइ नदिने भन्न मिल्दैन भन्दै न्यौपानेलाई साझा उम्मेदवारको रुपमा आफु हरुले अगादि सारेको बताउँनु भयो ।
आफ्नो पक्षमा सहमति नभए चुनावबाट पनि पछि नहट्ने न्यौपानेको योजना छ । ‘चुनाव भए पनि मेरो पक्षमा वातावरण बनिसकेको छ । त्यस कारण म पछि हट्दिनँँ । चुनाव भए पनि जित्छु । सहमति भए झनै राम्रो भयो उहाले भन्नू भयो । अग्रजले पनि मलाई स्वतस्फुर्त नेतृत्व हस्तान्तरण गर्नु हुनेछ भन्ने विश्वासमा छु न्यौपानेले भन्नू भयो ।

नयाँ पुस्ता र अधिकांस ब्यवसायीको पहिलो रोजाइमा पनि न्यौपाने अघि देखिएको पुर्ब अध्यक्ष देबि पाण्डेको तर्क छ । न्यौपानेले लेखा समिति संयोजक तथा पूर्व कोषाध्यक्षको भूमिका पनि कुशलता पूर्वक निभाईसकेका कारण ब्यवसायीहरुमा प्रिय छन् ।एमाले काँग्रेस, माओवादी रास्वपा निकटका सबै ब्यवसायीले आफूलाई विश्वास गर्ने र संघको नेतृत्व पाएपछि सबैलाई मिलाएर लैजाने आफू संग क्षमता रहेको न्यौपानेको दावी छ । संघमा लामो समय नयाँ र युवा पुस्ताको नेतृत्व नरहेको भन्दै युवा जोश, जाँगर भएको आउनुपर्ने न्यौपानेको भनाई छ । अहिलेसम्म रुक बहादुर भुसाल र रमेश चन्द्र भुसालले क्रमस नेका र रास्वपा निकट रहेर नेतृत्वको आकान्छ देकाएका छन भने माओवादी निकट टोपनारायण बेल्बासेले सहमतिमा पाए लिने धारण अघि सार्नु भएको छ ।

प्रकाशित : ७ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६