देश

पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएपछि दिपेशको चेतावनीः नाफाको जीन्दगी हो आत्मघाती बम बन्न नपरोस्



काठमाडौं, ०८ माघ । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति महासचिव दिपेश पुनले विरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् त्यसलाई सहेर नबस्ने चेतावनी दिएका हुन्।

उनले धेरै खेलासी नठान्न चेतावनी दिएका छन्। ‘ए जिस्काएको ? हाम्रो सुप्रिमोलाई सर्बोच्चमा विभिन्न नाममा मुद्दा हालेर बुढाहरुलाई थकाई सकियो, अब नयाँ पुस्तालाई चेक गर्न खोजेको ? ,’ महासचिव पुनले लेखेका छन्, ‘अरे हामी मर्न हिँडेर सँगसँगै सहयोद्धाहरुलाई हातैले जमिनमा गाडेर सहयोद्धाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको यार। धेरै खेलासी नठान है, नाफाको जीन्दगी हो। कसैसँग मतलब छैन। आत्मघाती बम बन्न नपरोस् !’

१५ वर्षअघिको हत्या घटनामा जिल्ला अदालत सुर्खेतले नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

प्रहरीका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित पदमबहादुर रावत (टाइगर), बालकृष्ण सिंह (गुराँस), टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका वीरबहादुर मल्ल (सुभाष) र अलि कार्की (अशोक) विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

प्रहरीले २०७९ साउन १३ गते पक्राउका लागि पुर्जी माग गरेको थियो। २०६५ फागुन २६ गते राजबहादुरको खुकुरी प्रहार गरी हत्या गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त मुद्दाको अनुसन्धान अघि बढेको पुष्टि गरेको छ।

प्रकाशित : ८ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६