प्रदेश

भगवान श्री रामको प्राण प्रतिष्ठामा कपिलवस्तुमा र्याली तथा धार्मिक पुजा 



कपिलवस्तु, ०८ माघ ।  त्रेतायुगमै नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको छ र सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाएका बेला नेपाल सँगै कपिलवस्तु पनि उल्लासमय बनेको छ । अयोध्या स्थित राम मन्दिरमा भगवान श्री रामको प्राण प्रतिष्ठाको आयोजना हुँदै गर्दा सोमवार कपिलवस्तुको सदरमुकाम तौलिहवा, कृष्णनगर, पकडी, लवनि लगायतका स्थानहरूमा धुमधामका साथ धार्मिक –र्याली तथा धार्मिक पुजा गरिएको छ । नगरक्षेत्रमा विभिन्न धार्मिक समूहहरूले सामूहिक पूजापाठ तथा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरेका छन् । कपिलवस्तुमा रहेका हरेक मठमन्दिरलाई सजावट गरी आकर्षक पारिएको  छ । मुख्य बजार क्षेत्रका सडकका साथै घरघरमा ‘जय श्रीराम’ लेखिएको झन्डा झुन्ड्याइएको छ । नगरका घरघरमा सोमबार साँझ दियो बालेर दीपावली पनि मनाउने तयारी गरिएको छ ।   भारतको  राम मन्दिरमा हुने प्राण प्रतिष्ठाको अवसरमा यहाँका सनातनवादी आम सर्वसाधारणमा ठुलो उत्साहको लहर देखिएको छ । तौलिहवा बजारलाई गेरुवा रङ्गको जय श्री राम, हनुमान जी का झण्डा पताकाहरूलाई रङ्गाइएको छ । बजार क्षेत्रमा ठूला ठूला झण्डा तथा ब्यानरहरू टाँसिएका छन् ।

श्री तौलेश्वरनाथ महादेव मन्दिर, राम जानकी मन्दिर, समयमाई मन्दिर, चन्द्र घण्टा दुर्गा मन्दिर लगायतका सबै मन्दिरहरूमा सोमवार प्राण प्रतिष्ठाको अवसरमा धार्मिक पुजा तथा अनुष्ठान को आयोजना गरिएको छ ।

सोमवार तौलेश्वरनाथ महादेवको मन्दिरबाट सनातनी धर्मावलम्वीहरूको ५० हजार बढी सङ्ख्यामा धार्मिक जुलुस निकालिएको थियो ।  तौलिहवा बजार परिक्रमा गरिएको छ । सो अवसरमा साँझ हरेक सनातनी धर्मावलम्बीहरूले घर घरमा दिपावली समेत गरिएको  छ ।

जिल्लाका ८ वटा स्थानीय तहले स्थानीय तहमा सार्वजनिक बिदा दिएर सर्वसाधारणलाई भगवान रामको प्राण प्रतिष्ठाको खुशियाली मनाउन आह्वान गरेका छन् । सो दिन मासु तथा मदिराजन्य वस्तुहरूको सेवन तथा बिक्री वितरणमा समेत रोक लगाइएको छ ।  सोमवार २२ जनवरीका दिन भगवान श्री राम अयोध्यामा ४ सय ९२ वर्ष पछि पुर्नस्थापित भएको छ  ।

प्रकाशित : ८ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६