कपिलवस्तु ८ माघ । उद्योग बाणिज्यसंघ कपिलवस्तुमा उम्मेदवारी घोषणा गर्ने क्रममा अध्यक्ष बाणगंगा ४ का पूर्ब वडाध्यक्ष समेत रहेका गणेश क्षेत्रीले आफ्नो आकांक्षा प्रकट गर्नु भएको छ । नेपाली कांग्रेस समर्थित ब्यवासायीका रुपमा उहा अघि सर्नु भएको हो । २३ गते हुने कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन हुने भएसँगै उम्मेद्वारी घोषणाको क्रम पनि बढ्दै गएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दा उम्मेद्वारी घोषणा गर्ने क्रम बढेको हो ।
क्षेत्री कपिलवस्तु उद्योग वाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष तथा सल्लाहकार रही कुशलतापूर्वक कार्य गरेको अनुभवि हुनुहुन्छ । क्षेत्रीले परिवर्तनका संवाहक र समाजको समृद्धिको मेरुदण्ड युवा शक्ति नै भएको बताउँदै युवा उमेर मात्र नभएर, युवा प्रवृत्ति हो, दृष्टिकोण, जोस, जाँगर र हिम्मत समेत भएकाले आफूले अध्यक्षमा उम्मद्वारी घोषणा गरेको बताउनु भयो । आफू समाजसेवा, निवर्तमान जनप्रतिनिधिसँगै विभिन्न व्यवसायमा आबद्ध रहेकाले अहिलेको जटिल अवस्थामा आफूले सहमति र सहकार्यको लागि अन्तिम समयसम्म पनि पहल कदमी लिने बताउनु भयो ।
यसैबीच कपिलवस्तु उद्योग वाणिज्य संघको एसोसिएट उपाध्यक्षमा समाजेवी तथा व्यवसायी रामजी सेनले पनि उम्मेद्वारी घोषणा गर्नु भएको छ । लामो समयसदेखि समाजसेवामा सक्रिय सेन कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष तथा कपिलवस्तु सामुदायिक अस्पतालका निर्वतमान अध्यक्ष समेत हुनुहुन्छ । त्यसैगरी कपिलवस्तु उद्योग वाणिज्य संघका हालका वस्तुगत उपाध्यक्ष शालिकराम भुसालले पनि दोस्रो कार्यकालका लागि वस्तुगत उपाध्यक्षतर्फ उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
८ माघ २०८०, सोमबार
प्रतिक्रिया