अर्थ-वाणिज्य

कम्युनिष्ट दलबिच ८४ अघि नै एकता हुने आधार तयार हुदैछ : महासचिव गुरुङ



हेटौँडा९ माघ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का महासचिव देव गुरुङले सबै कम्युनिष्ट पार्टीबीच एकता भएमात्र देशको समृद्धि सुनिश्चित हुने धारणा राखेका छन् ।उनले सबै कम्युनिष्ट दलबिच ८४ अघि नै एकता हुने आधार तयार हुँदै गरेको बताए पूर्व पिएलए मकवानपुरको आयोजनामा आज झुरझुरेमा भएको कार्यक्रममा उनले छिट्टै माओवादीबाट टुक्रिएका दलहरु एक हुने बताए । सबै कम्युनिष्ट पार्टी एउटै झण्डामुनि उभिनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।उनले जनयुद्धका क्रममा लिइएको परिवर्तनको सपना पूरा गर्न अझै बाँकी रहेको बताउँदै भने, “शान्ति सम्झौतापछिको १८ वर्षमा हामीले व्यवस्था परिवर्तन गर्न सक्यौँ तर अवस्था परिवर्तन गर्न बाँकी छ, शान्ति सम्झौता अझ टुङ्गोमा पुगेको छैन यो पनि बाँकी छ ।” उनले शान्ति सम्झौता टुङ्गोमा नपुगेकाले समय–समयमा समस्या आइरहेको बताए ।

उनले जनयुद्धका क्रममा झुरझुरेमा अन्तिम युद्ध भएको स्मरण गर्दै यस स्थललाई युद्धपार्क बनाएकामा बागमती गाउँपालिकालाई धन्यवाद दिए । उनले पार्कको व्यवस्थापनमा ध्यान दिएर सङ्ग्रहालय बनाउन सुझाव दिए बागमती प्रदेश सरकार सामाजिक विकासमन्त्री कुमारी मोक्तानले रगतसँग साटेर ल्याएको व्यवस्था जनताका लागि भएको भन्दै जनताको अवस्था बदल्न सरकार प्रयासरत रहेको बताए । उनले युवा, महिला, घाइतेलगायतका लागि बागमती प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

प्रकाशित : ९ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६