प्रदेश

अर्घाखाँचीमा लम्पी स्किन बाट चौपायाको मृत्यु हुँदा करिब पाँच करोडको क्षति



सन्धिखर्क, ०९ माघ । अर्घाखाँचीमा लम्पी स्किन (काप्रीपक्स भाइरस) बाट सङ्क्रमित हुने गाईगोरुको मृत्यु हुँदा करिब पाँच करोडको क्षति भएको छ । गत वैशाखदेखि गाईगोरुमा लम्पीस्कीन देखिन थालेको थियो र हालसम्म ३४२ गाईगोरुको मृत्यु भएको छ ।

हाल सङ्क्रमित गाईगोरुको सङ्ख्या सात हजार २४१ पुगेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका अनुसार हालसम्म छ हजार ८१० गाईगोरुको उपचार गरिएको छ । लम्पी स्किनबाट गाईगोरुको मृत्यु हुँदा करिब पाँच करोडको रुपियाँको क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो । यस्तै, पाँच हजार ५७७ गाईगोरुलाई खोप दिइएको छ । उहाँले भन्नुभयो, “जिल्लामा लम्पी स्किन संक्रमित हुने गाईगोरुको सङ्ख्यामा कमि आएको छ र तर नियन्त्रण भएको छैन । नियन्त्रणभन्दा बाहिरको अवस्था पनि होइन । उपचारमा टोली नै बनाएर खटिरहेका छौँ ।”

जिल्लामा गएको ५ महिनामा १०८ गाईगोरुको मृत्यु भएको छ । केन्द्रका अनुसार सन्धिखर्क नगरपालिकामा ६४७ वटा गाईगोरु संक्रमित भएकोमा ४५ वटाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिकामा एक हजार ९० गाईगोरुमा संक्रमित भएकोमध्ये ६५ वटाको मृत्यु भयो ।

सितगंगा नगरपालिकामा तीन हजार ५० सङ्क्रमित भएकोमा १०३ गाईगोरुको मृत्यु भएको छ । पाणिनी गाउँपालिकामा एक हजार २७१ संक्रमितमध्ये ७३ र मालारानी गाउँपालिकामा ५६७ मध्ये ६० गाईगोरुको मृत्यु भएको छ । त्यस्तै, छत्रदेव गाँउपालिकामा ४१६ संक्रमति गाईगोरु मध्ये पाँच वटाको मृत्यु भएको छ ।

प्रमुख पौडेलका अनुसार हाल खोपलाई तिव्रता दिइएको छ । घाउमा लगाउने औषधी र एन्टीवायोटिक दिइएको छ । झिंगा लामखुट्टे, किर्ना लगायतका परजिवीको टोकाईबाट गाईगोरुलाई बचाउने उपायहरु अवलम्बनका लागि कृषकलाई अभिमुखीकरण गरिएको पौडेलले बताउनुभो ।

लम्पी स्कीन संक्रमण भएपछि गाईगोरुले कचेरा निकाल्ने, सिगान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना–ठूला गिर्खा तथा फोका देखिनुका साथै ज्वरो आउँछ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने गाई भैसीको गर्भ पनि तुहिन्छ ।

केन्द्रका अनुसार अर्घाखाँचीमा एकलाख १० हजार भैसी र ४० हजारभन्दा बढी गाईको संख्या छ ।

प्रकाशित : ९ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६