देश

आन्तरिक रोजगारीको विवरण उपलब्ध गराउन पालिकालाई सङ्घीय मन्त्रालयको अनुरोध



काठमाण्डौ, ०९ माघ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई आन्तरिक रोजगारको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

मन्त्रालयले सूचना निकालेर गएको आर्थिक वर्षमा रोजगारी सृजनासम्बन्धी पालिकामा सञ्चालन भएका आयोजना तथा कार्यक्रमको विवरण सात दिनभित्र उपलब्ध गराउन अनुरोध गरेको हो ।

आउँदो आर्थिक वर्ष २०८१र८२ देखि ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ का रुपमा अभियान सञ्चालन गर्ने, आन्तरिक रोजगार प्रवर्द्धन गर्ने निकायलाई पूर्ण जिम्मेवार बनाइ एकीकृत तवरले रोजगारमूलक क्रियाकलापको प्रवर्द्धन तथा विस्तार गर्ने, पालिका मातहतको रोजगार सेवा केन्द्रबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाहका लागि नीतिगत तथा कानुनी आधार निर्माण गर्नका लागि मन्त्रालयले विवरण माग गरेको हो ।

प्रकाशित : ९ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६