प्रदेश

तस्कर र सीमित मारवाडीको कब्जामा गयो देशः दुर्गा प्रसाई



बुटवल, ९ माघ ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईंले आफुहरुले चाहेको व्यवस्था आउने दिन बैंक र वित्तीय संस्थामा रहेको लालपुर्जा परिवर्तन गरिदिने बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थामा भएको लालपुर्जाको सट्टा मालपोतबाट आफुहरुले पुर्जा जारी गर्ने समेत हास्यास्पद अभिव्यक्ति दिएका छन् ।

बुटवलमा आयोजना गरिएको “अञ्चलस्तरीय” कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्थाले जनताको हितमा काम नगर्ने भन्दै व्यवस्था परिवर्तन भएको बखत जनताको बैकमा रहेको घर जग्गाको लालपुर्जा फिर्ता गर्ने बताएका हुन् ।

उनले फागुन १ गतेबाट अहिलेको राज्य व्यवस्था विद्धको नयाँ अभियान सुरुवात हुने र यसको लागि सबैले सहयोग गनुपर्ने बताएका थिए । बुटवलका व्यवसायीहरु अभियानमा जोडिन आग्रह गर्दै उनले सत्य कुरा जहिले पनि तितो हुने भन्दै सत्यको पछि लाग्नको लागि आग्रह समेत गरेका थिए । अहिले देश तस्कर र सीमित मारवाडी समूहको कब्जामा रहेको दावी गर्दै उनले बैंक तथा वित्तीय संस्थाको कारण जनता मर्ने वातावरणबाट बचाउनको लागि अहिलेको अभियान भएको बताएका थिए ।

“अञ्चलस्तरीय” सभामा दिपेन्द्र कण्डेल, शिव सेना नेपालका केन्द्रीय सदस्य शिशिर विक्रम शाह, राप्रपा जिल्ला सदस्य माधव रिमाल लगायतले बोलेका थिए ।

प्रकाशित : ९ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६